प्रदेश १ मा कोरोना : मोरङमा ६२ सँगै ९५ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, […]

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

झापा । आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ । यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर […]

सिन्धुपाल्चाेक पहिराे अपडेटः ३६ जना बेपत्ता (फोटो फिचरसहित)

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन। यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ । यसैबीच राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका […]

कालिकोटमा बाढी र पहिरो, ६ जनाको मृत्यु, २ घाईते

कालिकोट । कालिकोटको महाँवै गाउँपालिका ३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यू भएको छ । महाँवै गाँउपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिएर रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए । उनका अनुसार […]

सिन्धुपाल्चोकमा पहिरो, १३ घर पुरिए, ५ घरका परिवार सम्पर्क विहिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो। ‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’ नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर […]

होसियार ! कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी […]

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङको कोशी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएका उनलाई बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले […]

कुन कुन रोगका बिरामीले काउली खानु हुँदैन

विराटनगर । अहिले बजारमा काउली पाउन थालेको छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् । काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको […]

मजदुरको पीसीआर टेस्ट गराउन भनेपछि मोरङका उद्योग बन्द

विराटनगर । स्थानीय तहले पीसीआर परीक्षण गराएर मात्र मजदुर, कर्मचारीलाई काममा लगाउन भनेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । उद्योगले मजदुर, कर्मचारीको कोरोना परीक्षण आफ्नै खर्चमा गराउनुपर्ने र पोजिटिभ देखिए आफैंले व्यवस्थापन पनि गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि उद्योग नै बन्द गर्नुपरेको सम्बद्ध पक्षको गुनासो छ । अधिकांश भारतीय कामदार कार्यरत बूढीगंगा १ स्थित […]

प्रधानमन्त्री ओलीलाई हत्या गर्न सार्प सूटर आउँदै भन्ने स्टाटस लेखेका सुनील शर्मा पक्राउ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अफवाह फैलाउने सुनील शर्मा पक्राउ परेका छन्। आफूलाई पत्रकार भन्नेर चिनाउने शर्मालाई काठमाडौंबाट प्रहरीले बिहीबार पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘सामाजिक सञ्जालमा अफहवा फैलाउने विराटनगरका सुनील शर्मालाई हामीले पक्राउ गरेका छौं।’ नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला शर्माले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा