नाइजेरियामा आतंकवादीद्वारा दर्जनौं बच्चाहरूको अपहरण

अबुजा (नाइजेरिया) । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन् । नाइजेरियाली सेनाले सहर छोडेको केही समय पछि यो घटना भएको […]

उत्तरप्रदेशमा हावाहुरी : १०४ जनाको मृत्यु, ठूलो भौतिक क्षति

काठमाडौं । भारतको उत्तरप्रदेश राज्यमा बुधबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको पुष्टि भएको छ । प्रारम्भिक विवरणअनुसार मृतक संख्या १०० नाघिसकेको थियो भने पछिल्लो अद्यावधिकसँगै १०४ पुगेको जनाइएको हो । उत्तरप्रदेश सरकारअन्तर्गत विपद् व्यवस्थापन विभागका विशेष कर्तव्य अधिकृत मनोज कुमारका अनुसार हालसम्म प्राप्त विवरणमा मृत्यु संख्या १०४ पुगेको जानकारी बीबीसी हिन्दीलाई […]

अमेरिका-चीन सम्बन्धलाई नयाँ दिशामा लैजाने सहमति, ३ वर्षका लागि तय भयाे रूपरेखा

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा भएको उच्चस्तरीय भेटवार्तापछि दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने सहमति भएको छ । चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दुवै नेताले आगामी तीन वर्ष तथा दीर्घकालीन अवधिसम्म अमेरिका-चीन सम्बन्धलाई “रचनात्मक, रणनीतिक र स्थिर” ढाँचामा अघि बढाउने समझदारी गरेका हुन् । यद्यपि अमेरिकी […]

इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मंगलबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरेको समय यो तथ्यांक सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक दुई हप्ताअघि रक्षा […]

पेट्रोलियम पदार्थको प्रयोग घटाऔं‚ विदेशी विनिमय बचत गरौं : प्रधानमन्त्री मोदी

एजेन्सी । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ । उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा […]

तमिलनाडुका मुख्यमन्त्री विजयले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखरले भारतको तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन् । सो समारोहमा परिवारका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चलचित्र क्षेत्रका व्यक्तित्व तथा ठूलो संख्यामा समर्थकहरूको […]

खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणमा परी १५ प्रहरीको मृत्यु भएको छ। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतक सबै प्रहरी रहेको पुष्टि गरे। आक्रमणमा तीन जना घाइते भएका छन् र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नु मेडिकल […]

विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै

एजेन्सी । युरोपेली संघअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ, र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ । […]

रुस र युक्रनेबीच ३ दिने यद्धविराम भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मे ९ देखि ११ सम्म रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस अवधिमा दुवै देशले कुनै पनि सैन्य कारबाही नगर्ने बताए । उनले दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्ने पनि उल्लेख गरेका छन् । उनले आफ्नो अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर […]

भ्रष्टाचार आरोप: चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं