नयाँदिल्ली । घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो । भारतीय सरकारले बुधबार राति जारी गरेको आदेशअनुसार यो प्रतिबन्ध ‘तत्काल प्रभाव’ बाट लागू भएको छ । आदेशमा सीमित […]
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको […]
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । […]
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
पाँचथर । पाँचथरको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरू साना ठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बुधबारदेखि त्रिसाली […]
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण परियोजनाको काम निरन्तर अघि बढ्ने वातावरण मिलाई सहजिकरण गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । नगरप्रमुख आमिर मादेनले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई सोमबार पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । बैशाख १६ गते बसेको ८७औं कार्यपालिका बैठकले समेत यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने निर्णय […]
काठमाडौं । वर्षैभरि प्राय: सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यति बेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरू खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा […]
मोरङ । विराटनगर विमानस्थलमा दुई दिनको अवधिमा प्रहरीले स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ। शुक्रबार बेलुका बुद्ध एयरबाट काठमाडौँ जान लागेका धरान–१८ का ३५ वर्षीय दिलीप तामाङबाट ११ लाख रुपैयाँ बरामद भएपछि उनी पक्राउ परेका थिए। त्यसको भोलिपल्ट शनिबार दिउँसो श्री एयरलाइन्समार्फत यात्रा गर्न लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल […]