ताप्लेजुङ । फुङलिङ नगरपालिका ११ फावाखोलाका गोपाल बिष्ट भेडा धपाउँदै लेकबेंसी गर्न थालेको २२ वर्ष भयो । १२ वर्षअघिसम्म सिद्धिमा लगेका एक हजार भेडा दुई जना मात्रैले हेर्न सक्थे । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको सेलेले पु¥याएका उनका तीन सय ५० भेडा हेर्न अहिले ७ जना मान्छे राखेका छन् । ४३ सय मिटर उचाइमा रहेको यहाँ घाँस प्रशस्त छ । […]
विराटनगर। केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त नीति हितकर हुने ठहर […]
ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले प्रत्येक वर्ष एकजनालाई एमबीबीएस (डाक्टर) पढ्न छात्रवृत्ति दिने योजना ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘म स्वस्थ मेरो गाउँ स्वस्थ’ अभियान सञ्चालन गर्दै डाक्टर उत्पान गर्ने नीति लिएको हो । आमार्गी वर्षदेखि एमबीबीएस अध्ययनको प्रवेश परीक्षा उत्तिर्ण गाउँपालिकाभित्रका एक विद्यार्थीले वर्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् […]
विराटनगर । कर्मचारी र पदाधिकारी बैठक भत्ता कटौती गरेको प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १०० रुपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउन १ देखि दैनिक एक सय रुपैयाँका दरले खाजा खर्च पाउनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रदेश १ मा सरदर दुई हजार एक सय कर्मचारी छन् […]
इलाम । इलामका कृषकले चार महिनादेखि किसानले दूधको मूल्य पाउन सकेका छैनन्। कोरोना कहरमा किसानलाई जीवनयापन गर्न समस्या भएको भन्दै यथाशक्य भुक्तानी गर्न राष्ट्रिय कृषक समूह महासंघ इलामले जनाएको छ। महासंघले किसानका समस्या समाधानका लागि सरकारसँग पाँचबुँदे माग राखेको छ। सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले चार महिनादेखि किसानबाट खरिद गरेको दूधको मूल्य भुक्तानी नगरेको […]
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० खर्बको कारोबार भइरहेकोमा बुधबार घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो। बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो […]
विराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशको आफ्नै आम्दानी बढाउन स्रोतको खोजी थाल्ने जनाएको छ । आर्थिक अवस्था बलियो बनाई प्रदेशको विकासमा लाग्नका लागि नयाँ स्रोतको खोजी गर्ने बारेमा विज्ञ टोली बनाएर स्रोतको पहिचान गरिने जनाएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ का आर्थिक मामिला तथा […]
विराटनगर । राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटको आकार घटाएर ल्याएको छ। गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको हो। ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो। मंगलबार प्रदेश १ […]
विराटनगर । अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठापाठी स्थानीय जातको भएको पुष्टि भएपछि मोरङको बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सङ्खुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज भएको छ । बेलबारी नगरपालिकाको हिजो बसेको बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता […]
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कुहिरोमा हराएको कागजस्तै भएको प्रतिपक्षी दलका नेताहरुले टिप्पणी गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम रहेको बजेटमा ६ […]