अर्थमन्त्री डा. वाग्ले र विश्व बैंकका अध्यक्ष बांगाबीच अमेरिकामा भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

नेप्सेमा दोहोरो अंकको गिरावट, २४२ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर […]

सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु भए मात्रै लगानी बढ्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी लगानी र विकासका लागि कानुन सुधार परामर्शको तीनदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्नसके नेपालमा […]

सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता, […]

सीप तथा रोजगार मेला : स्थानीय तहमै पुगेर युवालाई रोजगारीमा जोड्ने पहल

विराटनगर । इटहरीमा जारी सीप तथा रोजगार मेलाको अवसर स्थानीय तहसम्म विस्तार गर्न रोजगार मिलान कार्यक्रम सञ्चालन गरिएको छ। यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको टोली र अरियन्ट कम्पनीका मानव संसाधन विभाग प्रमुख उदयपुरको बेलका नगरपालिका पुगेर स्थानीयलाई रोजगारीमा जोड्ने कार्यक्रम गरेका छन्। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आयोजित मेलामा सहभागी हुन ग्रामीण […]

सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ […]

आवासको हक सुनिश्चित गर्न सरल किस्ताबन्दीमा घर उपलब्ध गराउँदै सरकार

काठमाडौं । सरकारले निम्न र मध्यम आय भएका नागरिकलाई सरल किस्ताबन्दीमा घर उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको आवासको हक सुनिश्चित गर्नका लागि भवन ऐन २०८३ मार्फत यस्तो व्यवस्था गर्न लागेको उल्लेख गरेका छन् । पहिलोपटक घर निर्माण गर्नेहरूले सरकारी ढाँचामा निर्माण गर्दा नदीजन्य पदार्थ नि:शुल्क पाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकले […]

बक्यौता असुलीमा कडाइ गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको बक्यौता असुलीमा कडाइ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । शनिबार कुलेखानी जलाशयको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् । उद्योगहरूलाई मागअनुसार बिजुली पाउने अवस्था सुनिश्चित गर्न र बक्यौता असुलीमा कडाइ गर्न उनको निर्देशन छ । ”हेटौँडा औद्योगिक क्षेत्रमा ४० मेगावाटको बिजुलीको माग भएको छ […]

अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

न्युयोर्क । अमेरिकामा रोजगारीसम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ। डाउ जोन्स परिसूचक २५० अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले बढेर ५१ हजार १७६ अंकमा पुगेको छ। एस एन्ड पी ५०० परिसूचक शून्य दशमलव ७ प्रतिशतले बढेर ७ हजार ७२२ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं