प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोलि राजीनामा देलान ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । बैठकको […]

लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो […]

शंकर पोखरेलले भने ‘१० बुँदे सहमतिबाट अघि बढ्न एमाले प्रतिबद्ध छ’

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै उनले त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् । उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको […]

तेह्रथुममा गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सोक बिदा

तेह्रथुम । तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् । पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति […]

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता सहकार्यका लागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप गरिरहेका छन्। यसैबीच प्रधानमन्त्री देउवा र प्रचण्ड बीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा […]

केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ । प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । […]

लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस

काठमाडौ । कोरोना महामारीको दोस्रो लहर आएसँगै बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस पेश भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेको हो । संक्रमणको परिस्थिति हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले […]

फुङ्लिङका मेयरको मन्त्रीलाई सुझाव ‘घरमा आगो लगाउनेसँग खुट्टा नकमाउनु’

ताप्लेजुङ । १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री उषाकला राईलाई ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले आफ्नै घरमा आगो लगाउनेसँग खुट्टा नकमाउन सुझाव दिनुभएको छ । ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरा दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङलिङ आउनुभएकी राई पार्टी कार्यालय आउन अस्वीकार गरेपछि प्याकुरेलले नगरपालिकामा बोलाएर आक्रोस पोख्नुभएको हो । ‘तपाईंलाई मैले पहिलो पटक […]

एमाले संसदीय दलको बैठक : पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले […]

मन्त्रीबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक केहीबेरपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा