प्रदेश १ मा गठबन्धनले टुङ्ग्यायो मन्त्रीको नाम, को को बन्दै छन् मन्त्री ?

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ । भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री […]

कांग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । नयाँ तालिकाअनुसार हालसम्म वडा […]

३८ क्विन्टल सुन प्रकरण : आजदेखि लगातार प्रतिरक्षा बहस

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य ह*त्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ। फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा मंगलबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन्। प्रतिरक्षा बहसका लागि ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको अदालतका […]

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनको र बैठक बस्न लागेको हो । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन । सरकार गठनको भएको ७० दिन नाघिसक्दासमेत शेरबहादुर […]

प्रतिनिधिसभा र राष्ट्रसभाको बैठक आजबाट सुरु हुँदै

काठमाडौं । पुनस्र्थापित संसद र राष्ट्रियसभाको बैठक आजबाट सुरु हुँदै छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो । सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ […]

प्रदेश १ : विपक्षीले बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने, मुख्यमन्त्री नियुक्ती असंवैधानिक भएको आरोप

विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८ (१) अनुसार भीम आचार्यको नेतृत्वमा सरकार गठन हुनै नसक्ने दावी गर्दै विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाउने बताउनुभएके हो । प्रदेश १ को […]

नवनियुक्त मुख्यमन्त्री आचार्य भन्छन् ‘एमालेभित्रै बहुमत पुर्‍याएर सरकार सुरक्षित गर्छौँ ’

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले आफ्नै दल नेकपा (एमाले)भित्रबाटै बहुमत पुर्‍याउने दाबी गरेका छन्। मुख्यमन्त्रीको शपथग्रहण लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले जसरी पनि बहुमत जोगाउने दाबी गरे। आचार्यले मन्त्रिपरिषद् पनि चाँडै विस्तार गरिने जानकारी दिए। आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै संख्या पुर्‍याएर बहुमत कायम राखिने […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोलि राजीनामा देलान ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । बैठकको […]

लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो […]

शंकर पोखरेलले भने ‘१० बुँदे सहमतिबाट अघि बढ्न एमाले प्रतिबद्ध छ’

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै उनले त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् । उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा