काठमाडौं । एमाले नेता योगेश भट्टराईले शिर्ष नेताहरुकै कारण एमाले पार्टी एकतामा समस्या भएको बताएका छन् । बुधबार फेसवुकमा लेख्दै उनले एक शिर्ष नेता आपसमा सहकार्य गर्न तयार नहुनु नै समस्याको मुल जड भएको उल्लेख गरे । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर […]
विराटनगर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो । उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै […]
ताप्लेजुङ । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै हाङ्गामले ताप्लेजुङ कोरोनाको ‘हटस्पट’ बनेको र त्यहाँका नागरिकले अक्सिजन नपाएरनै मर्नपर्ने अवस्था आएकाले अब आउने बजेटमा १ करोड रुपैयाँ बिनियोजन गर्न आग्रह गरे । ‘मैले […]
विराटनगर । पहिले सँगै सत्तायत्रा गरेको नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदनमा दैनिक सरकारको आलोचना गर्न सुरु गरेको छ । सोमबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिबेशनको पहिलो दिननै आधाघण्टा सरकारको आलोचना गरेका नेकपा माओवादी केन्द्र संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले मंगलबार पनि विषेश समय लिएर सरकारका विरुद्ध खनिए […]
विराटनगर । एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आइतबार निकालेको विज्ञप्तिपछि एकताबद्ध एमालेको प्रक्रिया अगाडि बढेको बताएका छन् । अध्यक्षको वक्तब्यपछि एमालेको विवाद समाधानको वातावरण बनेको भन्दै भट्टराईले सबै समस्या समाधान भइनसकेको भएपनि त्यसबाट अब छलपलबाट समाधान निस्कने बताए । प्राईम टाईम टेलिभिजनलाई सोमबार विहान अन्तरवार्ता दिँदै भट्टराईले आपूmहरुले विभाजन ब्यहोरेर […]
विराटनगर । प्रदेश १ संसद्को आठौं तथा बर्खे अधिवेशन सुरु भएको छ । अहिले दलका नेताहरुले बैठकको संबोधन गरिरहेका छन् । प्रत्यक्ष हेर्न यहाँ लिंकमा क्लिक गर्नुहोला ।
विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार दिउँसो २ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ । आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ । आइतबारमात्रै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता […]
काठमाडौं । नेपाल (एमाले)को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । आइतवार राति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै २ पेजको वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न आकस्मिक बैठक बोलाएको हो । बैठक भर्चुल हुने र ११ बजेपछि बस्ने जनाइएको छ । ओलीको प्रस्तावमाथि सो समूहमा मिश्रीत प्रतिक्रिया आएको छ […]
विराटनगर । माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन लिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय दलको बैठकले दलका नेतालाई दिएको अधिकार प्रयोग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । माओवादी केन्द्रले आइतबारनै संसद सचिवालयलाई सो जानकारी समेत दिएका छन् । माओवादी केन्द्रले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता […]
काठमाडौं । संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]