Lite Nepal

मंगलबार, आषाढ १५, २०७८

विराटनगर । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दोस्रो दिन पनि प्रदेश सभा अवरुद्ध गरेको छ ।

भौतिक पुर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सोमबार पनि प्रदेश सभा अवरुद्ध गरेको थियो ।

भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बीरबाबु गुरुङले जवाफ दिने क्रममा सदनमा असंवैधानिक, अमर्यादित, अनैतिक र गैरजिम्मेवारी रुपमा सांसदलाई गाली गलौज गर्दै सदनमा सम्बोधन गरेको आरोप माओवादीको छ ।

माओवादी केन्द्रले संसदलाई गाली गलौज गरेकाले आत्मालोचनासहित प्रदेश सभाको रोस्टमबाट माफी माग्नुपर्ने माग राख्दै आएको छ ।

मन्त्री गुरुङले प्रदेश सभामा बोलेको रेकर्ड हटाउनुपर्ने, बजेट पुनर्लेखन समिति बनेको छ भन्ने कुरा आएकाले असंवैधानिक काम रोक्नुपर्ने माओवादीले भन्दै आएको छ ।

मन्त्री गुरुङले बोलेका अभिव्यक्तिहरू रेकर्डबाट नहटाउँदा र रोस्टमबाट माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने माओवादीले अडान लिएको छ ।

माओवादीको अवरोधका कारण मंगलबारको बैठक पनि स्थगित भएको छ । अर्को बैठक २० गतेलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं