Lite Nepal

शुक्रबार, आषाढ १८, २०७८

काठमडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।

माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं