Lite Nepal

आइतबार, आषाढ २०, २०७८

विराटनगर । माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ संसद्को आइतबारको बैठक पनि अवरुद्ध भएको छ ।

आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । बैठक सुरु हुने बित्तिकै माओवादी सािंसदहरुले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन् ।

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै उनले माफी माग्नु पर्ने माग गर्दै आएको छ । यही विषयमा चार दिन लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारु गराउनेतर्फ सरकारले ध्यान नदिएको आमोवादी आरोप छ ।

संसद् बैठक अघि प्रदेशसभा सचिवालयमा आयोजित छलफल सहमति बेगरै टुंगेको थियो । बैठकमा सहभागीहरुले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका थिए । त्यसक्रममा मुख्यमन्त्री शेरधन राईले सांसदले उत्तेजित बनाएपछि मन्त्रीले त्यसरी बोलेको भन्दै दुवै जनाको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने बताएका थिए । उसलाई माओवादीले अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएको थियो । यसले सदन अवरोध जारी रह्यो ।

सरकारले संसदमा प्रस्तुत गरेको बजेटको नेकपा एमालेकै सांसदहरुको चर्को विवाद भएपछि बजेट संशोधन गर्न कार्यदल बनाएको अर्को विषयमा पनि माओवादी केन्द्रले असहति राख्दै सदनमा सरकारको जवाफ मागेको छ ।

त्यस विषयमा पनि सरकारले सदनलाई जानकारी गराउन नचाहेका कारण समस्या समाधान तर्फ नगएको माओवादी संसदीय दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा