Lite Nepal

शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्राङ्गणमा बसेको बैठक भोलि (शनिवार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकले माधव नेपाल पक्षलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन २ दिनको अल्टिमेटम दिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले हरसम्भव प्रयास गरेपनि माधव नेपाल एकताको पक्षमा नरहेको बताएका थिए ।

‘मैले माधव कमरेडलाई हिजो साँझ फोन गरेर छलफलमा आउनुस् भनें, उहाँले मान्नुभएन,’ ओलीले भने, ‘जवाफमा नेपालले तपाईंको फोन उठाउनै मन थिएन, साथीहरूले कर गरेर मात्र उठाएको हो भन्नुभयो ।’

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । यसअघिका बैठकमा उनी पनि अनुपस्थित हुने गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन माग गरे ।

आफूलाई जिम्मा दिए दुवै पक्षलाई मान्य हुने गरी पार्टी मिलाउने उनको जिकिर थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं