काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमा छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बन्न उनी ताप्लेजुङ पुगेका हुन् । तर, उनको यो पदयात्रालाई ताप्लेजुङका नागरिकले विभिन्न कोणबाट नियालेका छन् र, शङ्काको घेरामा राखेका छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्, ‘पहिले मधेस आन्दोलन गरेर मधेसमा […]
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि सबै प्रक्रिया पुरा गरेर केबलकार निर्माणको काम भइरहेको छ । मङ्गलबार मात्रै जिल्लावासीले केबलकारको पक्षमा सद्भाव र्याली निकाले र, केबलकार चाँडो निर्माण सकेर जिल्लाको विकासमा अझै जुट्न आग्रह गरे । तर, अझै पनि जिल्लावासी केबलकारको विपक्षमा छन् भन्दै भ्रम छर्न भने रोकिएको छैन । विभिन्न स्वार्थमा […]
ताप्लेजुङ । ताप्लेजुङका स्थानीयले केबलकार निर्माण चाँडै हुनपर्ने माग गर्दै सदरमुकाम फुङलिङमा मङ्गलबार र्याली निकालेका छन् । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’ हेरैं उक्त र्यालीको तस्बिर ।
विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो । कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट […]
काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए । ‘यो बाटोको विषयमा […]
काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको क्रममा छ । सबै प्रक्रिया पुरा गरेर सुरु गरिएको केबलकार निर्माणको विभिन्न अड्कलका साथ विरोध र भ्रम छर्दै ‘नो केबलकार समूह’ले आन्दोलन पनि गरिरहेको छ । यस्तै आन्दोलन र भ्रम फैलाउनमा सक्रिय छन् – अमेरिकाको विश्वविद्यालयमा प्राध्यापकको भूमिकामा रहेका महेन्द्र लावती । उनी अहिले नेपालमा छन् […]
काठमाडौं । वातावरण जोगाउने र यात्रालाई सहजका साथै सुरक्षित बनाउने भएकाले पछिल्लो समय नेपालमा केबलकार निर्माणको लहर बढेको छ । अहिले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थलमा केबलकार निर्माण भइरहेको छ । कामले गति लिएको छ । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ७ वटा केबलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माण सम्पन्न भई परीक्षणकालमा छन् । […]
काठमाडाैं । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएकाे मुद्दामा सर्वोच्च अदालतले पराजुलीलाई दाेषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । […]
काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका ‘नो केबलकार समूह’ले वार्ता गर्न सहसचिवभन्दा माथिल्लो स्तरको समिति माग गरेपछि गृहमन्त्री रमेश लेखकले उनीहरूलाई सहसचिवको हैसियत सम्झाएका छन् । सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका थिए । त्यसपछि गृहमन्त्रीले भने, ‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका […]
ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा ताप्लेजुङका जनप्रतिनिधि र स्थानीय एकजुट भएका छन् । उनीहरूले केबलकार निर्माणले पहिचान, धर्म, संस्कार र संस्कृतिमा कुनै असर नगर्ने बरु यसले जिल्लालाई समृद्ध बनाउने बताए । सोमबार बिहान फुङलिङ नगरपालिकाले सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित मेयर, वडाध्यक्ष, जिल्लाका बुद्धीजिवी र स्थानीयले केबलकार निर्माणमा ‘जिल्लावासीको […]