२ सय ४९ पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनलाई प्राथमिकतमा नराख्दा देशभरका २ सय ४९ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा चलेका छन् । १० स्थानीय तहमा त न प्रमुख प्रशासकीय अधिकृत छन्, न निमित्त नै छन् । आर्थिक र प्रशासनिक हिसाबले महत्वपूर्ण दायित्व भएका प्रमुख प्रशासकीय अधिकृतहरु नहुँदा कर्मचारीले तलबै नपाउने अवस्थादेखि स्थानीय तहमा ठूला विकास निर्माणसम्म प्रभावित […]

विश्व आप्रवासन दिवस : सुरक्षित हुन सकेन वैदेशिक रोजगार

काठमाडौं । ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने मूल नाराका साथ आज विश्व आप्रवासन दिवस मनाइँदै छ । नेपालमा प्रचारात्मक कार्यक्रम गरी दिवस मनाइरहँदा वैदेशिक रोजगार भने सुरक्षित हुन सकेको छैन । श्रमिकहरू आर्थिक शोषणमा मात्र परेका छैनन्, कयौं त मृत्युवरण गर्न समेत बाध्य छन् । श्रम गर्न गएकामध्ये गत वर्ष १४ […]

बेइजिङमा प्रधानमन्त्री ओली, आज उच्चस्तरीय भेटवार्ता

काठमाडौं । चार दिने भ्रमणका लागि सोमबार बेलुका बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग सुरुमा भेटवार्ता गर्ने छन् । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता हुनेछ । त्यसपछि राष्ट्रपति सी […]

कृषिमन्त्री खगेनसिंहसँग ४५ तोल सुन र ४० तोला चाँदी, हाइड्राेमा लगानी (हेर्नुहाेस् विवरण)

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् । मेरिङदेनमै उनको नाममा ९ स्थानमा जग्गा छ । मन्त्री हाङगामको नाममा ४५ तोल सुन र ४० ताेला चाँदी छ । ४५ तोल सुन उपहार पाएको उल्लेख […]

एमालेको निर्वाचनमा प्यानल बनाउन नपाइने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख गरिएको छ । ‘प्रत्येक उम्मेदवारले आफूलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने । कसैले पनि प्यानल बनाएर […]

अध्यक्ष प्रचण्ड र बेलायतका राजदूत फेनबीच भेट

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास […]

योगेशको प्रचण्डलाई जवाफ : ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए । आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले […]

प्रचण्डको प्रश्न : नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् । पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए । संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले […]

योगेश भट्टराई र लिला बोखिमको नाम मन्त्रीको सूचीमा छ ?

काठमाडौं – शुक्रबार (असार २८) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन । एमाले र कांगे्रससहितका दलले प्रचण्डलाई विश्वासको मत नदिने र अल्पमतमा पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन् । यो तयारी सँगै एमाले र कांग्रेस भित्रका को को नेता मन्त्री बन्छन् भन्ने चर्चा चलिरहेको छ । […]

एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् । उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा