ताप्लेजुङ । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ । उक्त ऐन अनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । तर, ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका पहिचान पक्षधरहरूले आफ्ना आन्दोलनमा बालबालिकाको प्रयोग गरिरहेको खुलेको छ । बालबालिका पक्राउ र घाइते भइरहेका छन् । मानवअधिकारकर्मी भन्छन्, […]
ताप्लेजुङमा रहको प्रसिद्ध तीर्थस्थल पाथीभरा देशमा मात्रै नभई विश्वभर चर्चित छ । यहाँ तीर्थयात्रीको चापा बढेसँगै उनीहरूका सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवी (मुकुम्लुङ) केबलकार प्रालिले पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो । ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा […]
काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने बताएका छन् । काठमाडौंमा बुधकार पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकारको डीपीआर सबै आफूले हेरेको बताउँदै यसले पाथीभराको महिमालाई अझै फैलाउने बताउनुभयो । ‘यहाँ धेरै भ्रम फैलाइएको छ । केबलकार कान्छि थान माथिबाट लैजाने, पाथीभराको डाँडामा नै पु¥याउने […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सुरु भएको छ । निर्माण सुरु भएसँगै जिल्ला वासीमा मात्रै होइन यसको चर्चा र खुसीयाली देशभर छायो । केही समुह बाहेकले सबैले केबलकार निर्माणको स्वागत गरिरहेका छन् । विज्ञ भन्छन्, ‘केबलकार निर्माणले जिल्लाको विकास बढाउँछ नै, यहाँको पहिचान र विश्वासलाई विश्वभर फैलाउन मदत पुर्याउँछ ।’ पहिचन […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले नगर क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने निर्णय यस अघि नै नगर कार्यपालिकाले गरेको भन्दै बन्द फिर्ता लिएर वार्ताबाट समस्या समाधानको बाटो खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । पाथीभरामा निर्माण भइरहेको केबलकारको विषयमा आन्दोलन गरिरहेका समुहलाई मङ्गलबार एक विज्ञप्ति मार्फत जानकारी गराउँदै मेयर मादेनले वार्ताको माध्यमबाट समस्या […]
विराटनगर । ताप्लेजुङमा केबुलकार बन्ने र रोक्ने विषयले निम्त्याएको शनिबार साँझको घटनामा प्रहरीले आत्मरक्षामात्रै गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् । प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै प्रदेश सभामा विरोध भएपछि मन्त्री भण्डारीले सरकारको तर्फबाट घटनाको जानकारी गराउँदै घटनास्थलबाट प्रहरीले खुकुरी, लठ्ठी र गुलेली लगायतका घरेलु हातहतियार […]
ताप्लेजुङ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरेपछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । झडपका क्रममा […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने भएका छन् । पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । ‘उकालोमा हिड्न गाह्रो हुने भनेकै ७५ […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि एक दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने भएको छ । हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा […]