ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभराको दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा जीपमा सवार ४ जनाको घटनास्थलमानै मृत्यु भएको छ । २ जना घाइते भएका छन् । फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४ः५० बजेतिर आगलागी भएको पत्रकार वसन्त […]
काठमाडौं । गृह मन्त्रालयले राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणापछि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारेको हो । राप्रपाले राजतन्त्र पुन:स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी […]
विराटनगर । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको […]
काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि विराटनगरमा सम्पन्न १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपाध्यक्ष राजेश राईले ३८ मिनेट लामो सम्बोधन गर्दै बिदा भएका थिए । प्रतिनिधिहरूको उल्लेख्य समर्थन भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे । उनले पटक […]
काठमाडौं । देशभर केबलकार विस्तारको लहर छ । ताप्लेजुङको पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । तर, अनेक भ्रम फैलाउँदै ‘नो केबलकार समूह’ ले विरोध गरिहेको छ । उनीहरू भन्छन्, ‘बरु सगरमाथामा बनाउनु नि केबलकार !’ ताप्लेजुङको समृद्धिमा थप टेवा पुर्याउन निर्माण हुने केबलकारको विरोध गर्नेले व्यंग्य गर्दै भनेको यो कुरा […]
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न तल्लो फेदीबाट उकालो चढ्दै गरेको अवस्थामा भेटिए झापा अर्जुनधारा–८ का ७८ वर्षीय रामप्रसाद थापा । उनी २० वर्षपछि पाथीभरा देवीको दर्शन गर्न जाँदैथिए । ‘अब त बृद्ध भैएछ, देवीको दर्शन गर्न त मन लाग्छ । तर, यो उकालो चढ्न त धेरै गाह्रो नै छ,’ उनले […]
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाई महिनादेखि उडान ठप्प छ । नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो । निगमका २ वटा जहाज हुँदासम्म सातामा ५ दिन काठमाडौँ–ताप्लेजुङ उडान हुँदै आएको थियो । एउटा ग्राउण्डेड भएर एउटामात्रै चल्न थालेपछि सातामा एक उडान हुन थालेको थियो । […]
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बुले आफूलाई गलत सूचना दिएकाले पाथीभरा क्षेत्रमा बनिरहेको केबलकारको जग्गाको विषयमा गल्ति बोल्न पुगेको स्वीकारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आइतबार विहान सञ्चारकर्मी ऋषी धमलासँग कुरा गर्दै सदस्य लिम्बुले पाथीभरामा केबलकार निर्माणका लागि जग्गा खरिद गर्दा घोटला भएको र उक्त जग्गा एमाले सचिव तथा […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार देखि काफ्लेपाटीसहित बलुडाँडा सम्म निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ । केबलकार सम्बन्धी विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा लगाएको हो । गएराती सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रहने बताए । यो समयमा पाँच जनाभन्दा बढी भेला […]