विश्वकप छनौट खेल : आज नेपाल अस्ट्रेलियासँग भिडदै

काठमाडौं । विश्वकप तथा एसियन कप छनोटअन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो खेल इतिहासमा आजसम्मकै ठूलो टोली अस्ट्रेलियाको सामना गर्दैछ । नेपाललाई पराजित गर्न सफल भए अस्ट्रेलिया विश्वकप छनौट चरणमा स्थान सुरक्षित गर्नेछ । कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राती पौने १० बजेदेखि खेल सुरु हुनेछ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह […]

इराक विरुद्धको मैत्रीपूर्ण खेल : नेपाल ६–२ ले पराजित

काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका […]

नेपाल–इराक दुई दशकपछि आम्ने साम्ने हुँदै

काठमाडौं । नेपाल र इराकबीच दुई दशकपछि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको छ । उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले आज (शनिबार) उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । इराक फिफा वरीयतामा ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ । फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि […]

भोजपुर गोल्डकप : खोटाङको विजयी सुरुवात

भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरमा ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । निर्धारित समयसम्म १÷१ […]

आहा ! रारा गोल्डकप चैत १७ देखि

पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको […]

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

लण्डन । विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो । तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया […]

मेस्सीको गोलमा बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ । समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६५औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता […]

आईपीएल : मुम्बईलाई हराउँदै हैदारबाद प्ले अफमा, कोलकाता बाहिरियो

एजेन्सी । सनराइजर्स हैदराबाद युएईमा जारी १३औँ संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो । हैदराबादको जितमा […]

आईपीएलबाट राजस्थान बाहिरियो, कोलकाता प्ले अफ नजिक

एजेन्सी । राजस्थान रोयल्स १३औँ आईपीएल टी ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ । दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर […]

च्याम्पियन्स लिगको ६५ औँ उपाधि बायर्नको पोल्टामा, स्तब्ध बन्यो पीएसजी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । गए राति भएको फाइनल खेलमा पशिलो पटक फाइनलमा प्रवेश गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेको हो । बायर्न म्युनिखसँग फाइनलमा पराजित भएपछि ब्राजिलियन खेलाडी नेयमारले आफूलाई रोक्न नसकी रुँदै यस सिजनको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं