मौसममा सुधार, कीर्तिपुर क्रिकेट मैदानबाट कभर हटाउन थालियो

काठमाडौं । मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ । वर्षाका कारण मैदानलाई ढाकेर राखिएको कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ । जारी एनपीएलमा आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । यसअघि आज बिहानको खेल वर्षाको कारण रद्द […]

एनपीएलको खेल वर्षाले रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ । भारी वर्षाका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी ३ […]

एनपीएलमा आज २ खेल हुने तालिका, वर्षाका कारण हाेला खेल ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुने तालिका छ । तर, काठमाडौंमा भइरहेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेल प्रभावित हुने सम्भावना छ । तालिका अनुसार आजको पहिलो खेलमा दिउँसो १२: ३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे […]

एनपीएलमा आज ब्रेक, भोलि २ खेल

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन। भोलि शनिबार भने दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू ८ विकेटले निराश

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध आठ विकेटको जित निकालेको छ । बिहीबार जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको ११६ रनको लक्ष्य १७.२ ओभरमा पूरा गर्‍यो । यो जितसँगै जनकपुरले तेस्रो सिजनमा जितको खाता खेल्दै दुई अंक जोडेको छ ।

काठमान्डु ११५ रनमा अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाज ११५ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमान्डुले जनकपुरलाई जितका लागि ११६ रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले निर्धारित २० ओभरसमेत खेल्न सकेन। जनकपुरका बलरले नियमित अन्तरालमा विकेट लिएपछि काठमान्डुको इनिङ्स १९.३ ओभरमा समाप्त भयो। […]

एनपिएलमा आज २ खेल : काठमाडौंसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो । त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो […]

सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितको खाता खोलेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । योसँगै टोलीले तालिकामा दुई अंक जोड्यो । दुवै संस्करणको उपविजेता रहेको यो टोलीले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग […]

एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटीमा रिहा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतले उनीहरूलाई जनही पाँच लाख धरौटीमा रिहा गरेको हो । आज अदालतमा उपस्थित भएका उनीहरूको मुद्दाको सुनुवाई न्यायाधीश हरिसिंह धामीको इजलासमा भएको थियो । खेलमा मिलेमतो र ठगी आरोपमा सीआईबीले मुद्दा दायर गरेपछि उनीहरू […]

एनपीएल : सुदूरपश्चिमद्वारा पोखरालाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो । गत सिजन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं