सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी । इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले […]

बार्सिलोनाको लज्जास्पद हार, बायर्नसँग ८-२ ले पराजित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ को लज्जास्पद हार चखाएको हो। थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई तथा इभान पेरिसिक, सर्ज ग्रन्बी, रोबर्ट लेवान्डोस्की र जोसुआ किमिचले बायर्नका लागि एक एक गोल गरे। बार्सिलोनाको लुइस […]

एथ्लेटिको मड्रिडलाई हराउँदै आरबी लेप्जीग च्याम्पियन्स लिगको सेमिफाईनलमा

काठमाडौं । जर्मन फुटबल क्लब आर.बी लेप्जीग युरोर्पिन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाईनल खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लेप्जीग सेमिफाईनलमा उक्लिएको हो । खेलमा लेप्जीगका लागि ड्यानियल ओल्माने र टाईलर एडम्सले एक एक गोल गरे । पराजित टोली एथ्लेटिकोका हुवाँ फेलिक्सले पेनाल्टीमर्फत एक गोल फर्काएका थिए […]

विश्वकप छनोट खेल फेरि स्थगित

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र […]

कोरोना संक्रमित बढेपछि करातेको अभ्यास रोकियो

काठमाडौं । टोकियो ओलम्पिक २०२१को तयारीमा रहेको राष्ट्रिय कराते टीमको अभ्यास तत्काललाई स्थगित भएको छ । मंगलबार करातेका प्रशिक्षक दिपक विष्टले विज्ञप्ति जारी गर्दै तत्काललाई खेलाडीको प्रशिक्षण स्थगित भएको जानकारी दिएका हुन् । ‘संसारभर फैलिरहेको कोभिड १९ पछिल्लो समय काठमाडौँमा झन् भयाभह हुँदै संक्रमितको संख्या बृद्दि हुदै आइरहेको सबैलाई सर्वविधितै छ । केहि दिन अगाडिमात्र […]

च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग इंग्लिस क्लव चेल्सीले लज्जास्पद हार बेहोरेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जीत निकाल्दै बायर्नले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बायर्नले पहिलो लेगमा ३–० को सहज जीत निकालेको थियो । बायर्नको फराकिलो जीतमा […]

गोल गरे तर चकनाचुर भयो रोनाल्डोको सपना

काठमाडाैं । क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गर्‍यो । तर जित निकालेर पनि युभेन्टस स्तब्ध नै बन्यो । समग्रमा […]

सेभिल्ला र लिभरकुशेन युरोपा लिगको क्वाटरफाइनलमा

काठमाडौं । सेभिल्ला र लिभरकुशेन युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् । सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेनको जितमा मौसा […]

इन्टर मिलान क्वाटरफाइनलमा, साख्तरको नाटकीय जित

एजेन्सी – बेल्जियन फरवार्ड रोेमेलु लुकाकु र डेनिस फरवार्ड क्रिस्टियन इरिक्सनको गोल सहयोगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीमा बुधबार राति भएको दोस्रो लेगको खेलमा इन्टरले गेटाफेलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो […]

फिफा अध्यक्ष इन्फान्टिनोले राजीनामा नदिने

विराटनगर । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् । गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं