आज वर्षकै धेरै चिसो, तराईमा शितलहर र बाक्लो हुस्सु

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको […]

जंगलमा छापा मारेर विप्लव समूहका कार्यकर्ता पक्राउ

खोटाङ । प्रहरीले जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोटाङबाट पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ रहेको खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले […]

उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं । उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ। गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीको बैठकले किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । सरकारले बक्यौता […]

नेपाली अलैँचीका पाँच जातको पहिचान

काठमाडौं । नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ। नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन। अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ। नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको […]

विराटनगरमा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा सोमबार मध्यान्न विराटनगरमा सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो । विराटनगर स्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाईकल ¥यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ । सरकार गलत मार्गमा हिडेकाले सरकारलाई सजग […]

प्रदेश १ का तीन जिल्लामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ का विभिन्न तीन जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । उदयपुर, मोरङ र पाँचथरमा सवारी दुर्घटना भएको हो । आईतवार दिउँसो उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १–०५–००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाईकल […]

सरकारविरूद्ध संघर्षमा कांग्रेस, आज देशभर प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरूद्ध संघर्षमा उत्रिएको छ । गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ । मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ । […]

विप्लव व्यक्तिहत्यामा लागेपछि ७७ जिल्लामै बढाइयो सुरक्षा सतर्कता

विराटनगर । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिँदै सुरक्षा सतर्कता […]

मिक्लाजुङमा प्रहरी र सशस्त्रको अस्थायी बेसक्याम्प स्थापना

विराटनगर । विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना भएको छ । मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ १ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको हो । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र […]

पर्यटनमन्त्री भट्टराईद्वारा ४ करोड बजेटका ३८ योजना छनोट

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सडकलाई प्राथमिकता दिँदै चार करोड बजेटका ३८ योजना छनोट गरेका छन् । जम्मा २८ योजनामध्ये १८ वटा योजना मोटरबाटो छनोट परेको छ । दोस्रो प्राथमिकता खेल मैदानलाई दिएको ३८ योजनामध्ये सात योजना खेलमैदान छनोटमा परेका छन् । आठराई त्रिवेणी गाउँपालिकामा नाबुखोला–भलायो, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा