विराटनगरमा मुखबाट छिरेको ब्रसलाई शल्यक्रिया गरी पेटबाट निकालियो

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो […]

नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो […]

प्रदेश १ सरकारले स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर आज बजेट ल्याउँदै

विराटनगर । प्रदेश १ सरकारले आज आगामी वर्ष २०७८/७९ को वार्षिक बजेट प्रदेशसभामा पेश गर्दैछ । प्रदेश सरकार स्थापना भएपछि एउटा आंशिक र तीन वटा पूर्ण बजेट ल्याएको प्रदेश सरकारले चौथो पूर्ण बजेट प्रस्तुत गर्न लागेको हो । कोरोना महामारीको बेलामा स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेश भएको नीति तथा […]

लोक सेवा आयोगका रोकिएका सर्बै परीक्षा दशैँअघि सक्ने

विराटनगर । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले […]

मनसुनी वायुको प्रभाव, आज देशका धेरै स्थानमा वर्षा हुने

विराटनगर । देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी […]

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

काठामाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर […]

प्रदेश १ को घटेर आउँदैछ बजेट, ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

विराटनगर । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्दैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । […]

सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ । […]

मोरङमा निषेधाज्ञाको समय थप, विहान ५ देखि ११ बजे सम्म खुल्दैछन् निश्चित पसल

विराटनगर । मोरङ प्रशासनले असार ७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको छ । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ […]

११ महिना देखि संखुवासभाका पहिरो पीडित टेन्टमै बस्न बाध्य

विराटनगर । गत वर्ष असार २८ गते राति संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरो जाँदा ९ घर पहिरोमा बगे । सुतिरहेको अवस्थामा आएको पहिरोसँगै बगेका ११ जना अझै बेपत्ता छन् । पहिरो गएको ११ महिना बितिसकेको छ । फेरि मनसुन भएको छ । तर यो एक वर्षमा पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । राज्यले घर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं