नन्दकिशोर पुन राजनीतिमा आउँदा खुसी लागेको छ : विद्या भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी लागेको बताएकी छन् । विराटनगर रहेकी पूर्व राष्ट्रपति भण्डारीसँग पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताइन् । ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर […]

सूचनाको हकको सदुपयोग हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन् । आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताए । ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ,’ उनले भने । […]

आउँदो निर्वाचनसम्म यही सरकार रहन्छः अर्थमन्त्री पौडेल

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेको सरकार आउने २०८४ को निर्वाचनसम्म नै रहने बताएका छन् । विराटनगरमा आज उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो’को उद्घाटन गर्दै उहाँले अहिलेको सरकार जनाधारको आधारमा बनेकाले २०८४ सम्मै रहने बताएका हुन् । कांग्रेस एमालेको सरकार आइसकेपछि देशमा केही सकारात्मक संकेत देखिएकोसमेत उनको दाबी थियो । विराट एक्पोका […]

राष्ट्रिय युवा संघकाे शनिवार हुने भेलामा ११०० बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको युवा सङ्घले जनाएको छ । शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा […]

भारतीय पर्यटकलाई कोशीमा घुम्न सहज बनाउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताएका छन्। कोशी टप्पु सुनसरीमा आज भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताए । कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको […]

ऋषिकेशका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । मोरङ अदालतका अनुसार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक […]

अब ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने

विराटनगर । अब सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएकाे छ । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको भन्दै परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र […]

हिमाल जोगाउने अभियानमा जुट्यो ताप्लेजुङको सिरिजंगा गाउँपालिका

फुङ्लिङ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद […]

ताप्लेजुङका पत्रकार श्रेष्ठ, गौतम र लिवाङलाई पुरस्कृत गर्दै प्रेस चौतारी

ताप्लेजुङ । प्रेस चौतारीको २७औं स्थापना दिवसको अवसर पार्दै प्रेस चौतारी नेपाल ताप्लेजुङले सक्रिय ३ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपालले माघ २२ गते आफ्नो २७औं स्थापना दिवस मनाउँदैछ । त्यसै अवसरमा पत्रकार राजेन्द्र श्रेष्ठ, मदन गौतम र लोकेश लिवाङलाई पुरस्कृत गर्ने निर्णय भएको चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष वसन्त पालुङ्वाले जानकारी […]

माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो

काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा