काठमाडौं– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् । अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
काठमाडौं- साउनलाई भगवान् शिवको महिनाका रुपमा लिइन्छ । साउन महिनामा खास सोमबारलाई विशेष मानिन्छ । भगवान् शिवजीको बार भएकाले साउनको पहिलो सोमबार पशुपतिनाथ दर्शनका लागि ब्रतालु र श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा र आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ […]
विराटनगर– वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको नाकभित्रको सानो नशा फुटेको भेटिएको छ। आइतबार बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो । बिरामी भएपछि उनी अस्पताल भर्ना भएका उनको नाकको नशा टालेर अहिले अवस्था सामान्य रहेको छ । विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ […]
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय रहेको बताइन् । नेपालका लागि क्यानाडाका राजदूत […]
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीलगायतमा क्षति पुऱ्याएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मानवीय क्षति भएको छैन । तमोर करिडोरको सडक अवरुद्ध रहेको र विद्युतको प्रसारण लाइन अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । गाउँपालिका भवन लेदोले पुरिएको छ । तापेथोक प्रहरी चौकी पनि लेदोले […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनौटमै हप्ता/महिना लाग्ने विगतको परम्परा भने यसपटक तोडिएको छ । सत्ता गठबन्धनका सरकार बन्दा यसअघि मन्त्रालयमै भागबन्डामा अन्तरदल किचलो र भागबन्डा भएपछि पार्टी भित्रका आकांक्षी मिलाउँदा मिलाउँदै मन्त्रिपरिषद् विस्तारमै लामो समय बित्ने गरेको थियो । यसपटक गठबन्धनका दलहरूले […]
काठमाडौं – देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् । पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए । संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले […]
काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको […]
चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही […]