काठमाडौँ । नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठेर विरोध गरेका थिए । विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिएको हो ।
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । फाउन्डेसनले जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण […]
काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, […]
काठमाडौँ । सरकारको एक सय दिने शासकीय सुधार कार्य योजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समय अगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योग मन्त्री गौरीकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सफलतापूर्वक सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई बुझाएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ पदाधिकारी पाएको छ । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनबाट नयाँ पदाधिकारी निर्वाचित भएका हुन् । जसअनुसार महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । उनले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । यसैगरी, महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीका लागि आचार्यसहित मनिष झा, सागर ढकाल र […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित सभापति रवि लामिछानेले शपथ लिएका छन् । निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले र अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालसमेतको साथमा सभापति लामिछानेलाई शपथ ग्रहण गराएका हुन् ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्घाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यको आधारमा सशक्त रूपमा अघि बढ्नु पर्ने धारणा राखे । उनले आगामी साउन […]
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग संसद् र सडक दुवैमा एमालेसँग सहकार्य गर्ने घोषणा गरेका हुन् । ‘अहिलेको परिस्थितिमा संसद्मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार राति विद्युतीय मतदान मेसिनबाट भएको मतदानको परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार खुल्लातर्फ डा.स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत […]