प्रदेश १ मा २४ घण्टामा २०७ संक्रमित थपिदा २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहीबार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, […]

पूर्ननिर्माणको काम दुई बर्ष भित्र सकिन्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भुकम्पबाट क्षति पुगेको सांस्कृतिक तथा धार्मिक सम्पदाहरु दुई बर्ष भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने बताएका छन् । विहीबार नारायण चतुव्यूहं नारायण मन्दिर प्रवेशद्धार उद्घाटन गदै मन्त्री भट्टराईले भुकम्पबाट क्षतिभएको एक हजार सम्पदा मध्ये ५ सय भन्दा बढी निर्माण सम्पन्न भएको बताए । उनले आउदो २ बर्ष […]

आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न पर्यटन ब्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कोभिडको कारण अझै केही समय बाहय पर्यटन आवागमन कम हुने बताउदै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् । […]

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

लण्डन । विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो । तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया […]

प्रदेश १ मा कोरोना : ३ सय ७२ संक्रमित थपिदा १ सय ३८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ […]

ताप्लेजुङका ३ सय विपन्न नागरिकको मन्त्री भट्टराईले गरिदिए कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । उक्त रकमबाट […]

महोत्तरीमा प्रहरीको गोली लागेका संजयको मृत्यु

बर्दिबास । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए। तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए। महोत्तरीका […]

माउथवासले ३० सेकेन्डमा नै कोरोनाभाइरसलाई नष्ट पारिदिने दाबी

एजेन्सी । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट […]

प्रदेश १ मा कोरोना : ३ सय ६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, […]

मोरङमा दुई दुर्घटना, दुई जनाकै मृत्यू

विराटनगर । मोरङका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सोमबार साँझ बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोेटरसाइकल र को ३९ प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक बेलबारी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं