श्रम संस्कृति पार्टीद्वारा ‘सहायता कक्ष’ सञ्चालन

काठमाडौँ । श्रम संस्कृति पार्टीले सर्वसाधारणका समस्या, गुनासा तथा सुझाव संकलन गरी सरकारसमक्ष पुर्‍याउने उद्देश्यले ‘श्रम संस्कृति सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङका अनुसार सहायता कक्षमार्फत नागरिकले आफ्ना समस्या, गुनासा तथा सुझाव राख्न सक्नेछन्। सरकारको ध्यानाकर्षण गराउनुपर्ने विषयबारे जानकारी गराउन चाहने नागरिकलाई उनले सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेका छन्। साम्पाङले सहायता […]

विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न आचार्यको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदान गर्न पाउने कानुनी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै आचार्यले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माण तथा अन्य तयारीलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले […]

प्रतिपक्षमा रहे पनि सरकारका राम्रा काममा सहयोग गर्छौं : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रमुख प्रतिपक्षमा रहे पनि प्रदेश सरकारका राम्रा काममा सहयोग गर्ने बताएका छन्। बुधबार प्रदेशसभा बैठकमा बोल्दै थापाले प्रतिपक्षको भूमिका सरकारको विरोध गर्नु मात्र नभई सही बाटो देखाउने र आवश्यक सहयोग गर्ने पनि भएको बताए। सशक्त प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको उनको भनाइ थियो। थापाले […]

‘भोट फिर्ता लैजानुस्’ भनेको ठट्टामात्रै हो : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातासँगको संवादका क्रममा ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयलाई ठट्टाका रूपमा गरिएको टिप्पणी भएको स्पष्ट पारेका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीले उक्त भनाइबारे प्रश्न गरेपछि गृहमन्त्री गुरुङले आफूले गरेको टिप्पणीलाई अनावश्यक रूपमा ठूलो विषय बनाउन नहुने प्रतिक्रिया दिए। उनले पार्टीभित्रको छलफल र संवादका क्रममा व्यक्त भएको भनाइलाई पनि त्यही सन्दर्भमा […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको छ भने विपक्षमा विपक्षमा १५ मत खस्यो । मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

कोसी प्रदेशमा काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

विराटनगर । नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। संसदीय दलको बैठकले गरेको निर्णयअनुसार काँग्रेस अब कोसी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने भएको छ। संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रतिपक्षमा रहेर रचनात्मक तथा प्रभावकारी भूमिका […]

कोशी सरकारको प्रवक्तामा शेर्पा, अन्य के के भए निर्णय ?

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकिएको छ । नेकपासँगको सहकार्यमा सरकार विस्तार भएपछि बुधबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी शेर्पालाई दिएको हो । यस्तै बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय पनि गरेको छ । मन्त्रीपरिषद्ले विभिन्न तीनवटा समिति समेत बनाउने […]

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने […]

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं