एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहँदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् । यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर […]

वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद

वीरगन्ज– खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगञ्जमा बुधबारु ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो । […]

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध

विराटनगर– विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले […]

तातोपानीमा एकल पुरुष भत्ता कार्यक्रम

जुम्ला– जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको हो । पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक रु चार हजारका दरले भत्ता […]

क्रिकेटर अनिल साहलाई कलैयामा एक लाखसहित सम्मान

बारा– नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोहबीच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ । उपमहानगरपालिकाका मेयर बिनोद साहले पूर्व घोषणा अनुसार टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण […]

लागुऔषध त्यागेर समाज सुधारक बनौँ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिए। सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको […]

जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

हेटौँडा– जंगली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जंगली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जंगली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया […]

सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व संकलन

महेन्द्रनगर– सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप-कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व संकलन भएको छ । उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक […]

पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध

चितवन– मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ उपविदेशमन्त्री वेइडोङबीच भेट

काठमाडौं– परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइडोङले बुधबार भेटवार्ता गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । नेपाल भ्रमण सकेर उपविदेशमन्त्री वेइडोङ आजै स्वदेश फर्किएका छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं