राष्ट्रियसभामा उठाइयो कर्णालीमा बजेट अभावदेखि प्राकृतिक विपत्तिसम्मका मुद्दा

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले बर्सेनि प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरूले प्राकृतिक विपत्तिबाट प्रभावितको तत्काल उद्धार गरी राहतको प्रबन्ध गर्न माग गरे। सांसद कमला पन्तले वर्षायाम लागेसँगै प्राकृतिक प्रकोपका घटना बढेको बताउँदै सो सम्बन्धमा सदनमा उठेका […]

उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला)को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरुसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो । स्टार्टअप र लघु, […]

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाबाट ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजीवी […]

पहिरोले घर पुरिँदा बालकको मृत्यु

सुर्खेत– सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा रमेश बिकका पाँच वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । घटनामा बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार […]

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

जानकी– नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा छ सय […]

सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने गरी छलफल भएको बताएका छन् । पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउन छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘हामी सहमतिको प्रयासका लागि छलफल जारी गरेका छौं।’ नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ गतेदेखि […]

उच्च जीपीएसहित एसईई पास गरे ‘महाजात्रा’का अर्बिनले

काठमाडौं– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले खबरहबलाई बताए । अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले […]

चिनियाँसँग बिहेको बहानामा डेढ लाखमा बेचियो नेपाली युवतीलाई

काठमाडौं– विवाहको बहानामा एकजना नेपाली युवतीलाई चीन पुर्‍याएर बेचेको खुलेको छ । भारत र खाडी मुलुकहरूमा नेपाली युवतीहरू बेचिएको समाचार आइरहेका बेला अब चीनमा पनि बेच्न थालिएको खुलासा प्रहरीले गरेको हो । प्रहरीले एकजना युवतीलाई चीनमा लगेर बेचेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदह निवासी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार पक्राउ गरेको छ । चीनस्थित नेपाली […]

साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताइन्। उनले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताइन् । नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवसको कार्यक्रममा मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गरिन् । भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै […]

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा तीन दलको छलफल

काठमाडौं– शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू छन् ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं