ताप्लेजुङमा माओवादीबाट निर्वाचित वडाध्यक्षसहित ५३ जना एमालेमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङमा माओवादी केन्द्रबाट निर्वाचित भएका एक वडाध्यक्ष र माओवादि केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्यसहित ५३ जना एमालेमा प्रवेश गरेका छन् । तराइका विभिन्न जिल्लामा माओवादी केन्द्रसहित अन्य पार्टी परित्याग गरी जनप्रतिनिधि नै एमालेमा प्रवेश गर्ने लहर चलिरहेको समयमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ का माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कमरेड सन्तोष आङ्वुहाङ र माओवादि […]

प्रदेश १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना […]

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले […]

पल शाह प्रहरीको नियन्त्रणमा

काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् […]

मुलुकलाई अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्किनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन भत्किनु अनिवार्य भएको बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले […]

लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

काठमाडौं । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिनुभयो । लामाको निधनबाट […]

लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी […]

सेमिफाइनलमा नेपाल र युएई भिड्दै

काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल प्रवेशका लागि मंगलबार (आज) समूह ‘ए’को उपविजेता संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ। आजको खेलले […]

रेखा थापाले गरिन् बलरामसँग विवाह

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि […]

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

काठमाडौं । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा लगाउन स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो । निजी क्षेत्रसँग समन्वय गरी प्रदेश […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा