काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको […]
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं – बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव […]
कैलाली – कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको […]
काठमाडौं – प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको […]
झापा – सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री […]
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहनुभएको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा शुभकामना […]
काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले […]
काठमाडौं – झापा र इलामका केही ठाउँमा नाइरोबी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ । यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी फ्लाईको […]
काठमाडौ -आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]