इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि

इलाम । इलामको सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा शनिबार कोरोना पुष्टि भएको छ। स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए। यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो। पछिल्लो पटक थपिएका १७ […]

झापामा खोलाले बगाएर एकको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका ४ का एक पुरुषको खोलाले बगाएर मृत्यू भएको छ । शनिबार दिउँसो टाङटिङ खोलाले बगाएर सोहि स्थानका ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो । खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

किन महिला कर्मचारीबाट कार्यकक्षमै कुटिए प्रेम सञ्जेल ?

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ। भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई […]

विराटनगरमा आजदेखि भदौ १ गतेसम्म पुनः लकडाउन

विराटनगर । कोरोना सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय […]

भारतलाई नेपालको जवाफ : नेपालको भूमिमा नेपालीलाई कुनै बाधा नगर्नू

दार्चुला । दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको छ । गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला […]

कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु […]

प्रधानमन्त्री केपी ओलीद्वारा आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन् । आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक कदम चाल्ने संकेत […]

क्वारेन्टाइनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]

शिक्षा मन्त्रालयले विद्यालयहरुलाई दियो चेतावनी

काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था  ‘प्याब्सन’ […]

यसरी संचालन गरिदैछ शेयर बजार

काठमाडौं । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा