Lite Nepal

शनिबार, साउन १७, २०७७

इलाम । इलामको सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा शनिबार कोरोना पुष्टि भएको छ। स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए। यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो।

पछिल्लो पटक थपिएका १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा पोजिटिभ देखिएको छ। थप ४० जनाको स्वाब संकलनको तयारी भइरहेको सशस्त्र प्रहरी गणले जनाएको छ। फोकल पर्सन बरालका अनुसार ४० जनाको आइतबार स्वाब संकलन गर्ने तयारी गरिएको छ। पोजिटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँ पठाउने तयारी गरिएको छ।

यस अघि साउन ११ मा ५ र साउन १६ मा ५ जनामा गणभित्रै कोरोना पुष्टि भएको थियो। अहिलेसम्ममा इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ। बरालका अनुसार अस्पतालका कर्मचारी, स्वास्थकर्मी, कोरोना संक्रमणको संखा लागेका ४२ र कन्ट्रयाक ट्रेसिङ गरिएका ४७ जनाको रिपोर्ट आउन बाँकी छ। आवश्यकता अनुसार शंकास्पदको स्वाब संकलनको काम जारी रहेको उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं