कोरोना संक्रमित भएर घरमै बसिरहनु भएको छ ? के गर्ने र के नगर्ने ?

केहि दिन यता कोरोना संक्रमित बिशेष गरेर सामान्य वा लक्षण नभएकाहरुलाई घरमा नै बस्ने नीति सरकारले लिएको देखिन्छ । संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै जानु र सीमित अस्पताल तथा स्वस्थाकर्मीहरुको कारणले गर्दा बिशेष निगरानी र औषधि चाहिने संक्रमितहरुलाई बाहेक अरुलाई भर्ना नलिने नीति अपनाएको हो । विकसित देशहरुमा पनि सामान्य लक्षणहरु भएकाहरुलाई घरमा नै बसेर स्वस्थलाभ […]

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्। मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै […]

बलराम बानियाँको अवसान र कैलाशको कर्तव्य !

काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा काम गर्ने पत्रकारहरूमध्ये निरन्तरता र सेवा अवधिका हिसाबले सम्भवत: वरिष्ठतम् बलराम बानियाँको हिजो मंगलबार सन्देहास्पद स्थितिमा निधन भएको छ । आफ्नो काममा निपुण, इमान्दार, परिश्रमी र लोकतन्त्रका मूल्य र मान्यताप्रति शतत: जागरुक ती श्रमजीवी पत्रकारको अवसान उनले काम गर्ने संस्थाको मात्र होइन, राष्ट्रकै लागि समेत् अपूरणीय क्षतिको विषय हो । […]

यातायात व्यवसायको स्वास्थ्य

  यातायात मानव जीवनका लागि अत्यावश्यक वस्तु हो। यातायातका साधन प्रयोगविना मानिसका आवश्यकता पूरा हुन सक्दैनन्। सवारी साधन हाम्रो जीवनको महŒवपूर्ण पाटो हो। यातायातका साधन कसैलाई अनिवार्य आवश्यकता, कसैलाई विलासिता तथा कसैलाई जीवनस्तरको मापक होला त दूरदराजकालाई पहुँचको अभाव पनि हुन सक्ला। यो मानव जीवनसँग अन्तरसम्बन्धित भएर रहेको छ। हामीले यातायातका साधन प्रयोग गर्दा आफ्नो […]

प्रधानमन्त्री केपी ओलीद्वारा आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन् । आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक कदम चाल्ने संकेत […]

क्वारेन्टाइनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]

शिक्षा मन्त्रालयले विद्यालयहरुलाई दियो चेतावनी

काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था  ‘प्याब्सन’ […]

यसरी संचालन गरिदैछ शेयर बजार

काठमाडौं । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले […]

चीनको एक क्षेत्रमा भेटियो कोरोना, संक्रमण नियन्त्रणमा नल्याएसम्म लकडाउन

बेइजिङ । कोरोनाभाइरस संक्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी […]

बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडलाई फाइदा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ । शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं