भोजपुरमा १३ वटा पक्की पुल निर्माण

भोजपुर । संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते […]

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी । म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन ऐन, […]

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत […]

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा […]

‘हेभीवेट’ को क्षेत्रमा शौचालयविहीन बस्ती, महिलालाई पाइलैपिच्छे सास्ती

विराटनगर । चुनावी राप तापले चिया पसलदेखि चोकसम्म तातेको छ । ‘यस पटक कसलाई जिताउने ? र, कस्ले जित्छ ?’ जस्ता बहस जता पनि चलिरहेकै छ । तर, यो चर्चा कोशी प्रदेशको राजधानी विराटनगरदेखि मात्र ३० किलोमिटर पर, बुढीगंगा गाउँपालिकाको एक कुनामा ठप्प अडिएजस्तो लाग्छ । त्यहाँ चुनावी पर्चा होइन, एउटा पुरानो चिन्ताले बास गरेको […]

भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

बेलबारी (मोरङ) । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आएकी छन् । मकै पोलेरै जीविका चलाउँदै आएकी उनलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उनका अनुसार रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा रु ५० मा बिक्री भइरहेको छ । […]

औषधि उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौँ । सिंहदरवार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए । “केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान […]

नेप्से परिसूचक २०.७५ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अंकले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो । आज ३५४ कम्पनीको दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३६ करोड ४४ लाख २४ […]

झापा-१: हात्तीको कहरबाट जोगाउनेलाई मत

झापा । मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छन् । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजे । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ । भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर(१, २, ३) र ४ सम्म […]

आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा