हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी […]

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश […]

विराट राजाको सालो किच्चकको ‘दरबारको जग’ भेटिएपछि…

झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य […]

राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव […]

अन्तरिम आदेशको टुंगो नलाग्दासम्म पाथीभरामा केबलकारको काम रोक्नू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले […]

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत् परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ । नेपाललाई दिने वित्तीय सहायता […]

कञ्चनजङ्घा क्षेत्रमा रहेको अति विकट र दुर्गम शार्फु चौथो हिमालमा पहिलो पटक मानव पाइला

काठमाडौं । ६,४३३ मिटर अग्लो शार्फु हिमालको पहिलो पटक सफल आरोहण भएको छ । एक जना चिलीका आरोही र तीन नेपाली गरी चार जनाको टोलीले हिमालको सफल आरोहण गरेका छन् । हिमालको चुचुरो पुग्नु हुनेहरूमा चिलीका आरोही ५९ वर्षीय हेरनान डेविड लियल बरिएन्टोन, सोलुखुम्बुका लाक्पा छिरी शेर्पा, ताप्लेजुङका ङादा शेर्पा र गोरखाका पूर्णिमा श्रेष्ठ छन् […]

राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु […]

काठमाडौंमा प्रदर्शन : १ युवकको मृत्यु, सुरक्षाकर्मीसहित २२ जना घाइते

काठमाडौं । काठमाडौंमा भएको राजावादी समूहको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । त्रिवि […]

उक्लेको बाटो नै ओर्लिएपछि, उक्लनेको पनि केही लाग्दो रहेनछ !

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि विराटनगरमा सम्पन्न १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपाध्यक्ष राजेश राईले ३८ मिनेट लामो सम्बोधन गर्दै बिदा भएका थिए । प्रतिनिधिहरूको उल्लेख्य समर्थन भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे । उनले पटक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा