काठमाडौँ । इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो । बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् । उद्धार टोलीले भूकम्पमा […]
सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात […]
काठमाडौं । फिलिपिन्स सरकारले राजधानी मनिलासहित १२ वटा प्रान्तमा भौतिक उपस्थितिमा सञ्चालन हुने विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । उष्णकटिबन्धीय चक्रवात र मनसुनी वायुका कारण जारी भीषण वर्षाले जनजीवन प्रभावित पारेपछि सोमवार यस्तो निर्णय लिइएको हो । राष्ट्रपतिको कार्यालयद्वारा सोमवार जारी गरिएको ‘मेमोरेन्डम सर्कुलर नम्बर १२७’ अनुसार प्रभावित क्षेत्रका शिक्षण संस्था […]
काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेश बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । योजनाअनुसार उक्त सडक खण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर […]
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही […]
विराटनगर । कोसी प्रदेश सरकार विस्तार भएको छ। केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई लाई शपथ गराएका हुन्। भने, राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ गराएका हुन । जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, गीता तिम्सिनाले सामाजिक […]
विराटनगर । बजेटको सन्दर्भ होस् वा आम जनताका सवाल, सदनमा फरक ढंगले मुद्दा उठाउँदै आएका सोलुखुम्बुबाट निर्वाचित प्रदेशसभा सदस्य गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि हर्षित छन् । हिमाली जिल्लाबाट हिमाली भेगमा बसोबास गर्ने आम नागरिकका सवाल बोकेर प्रदेशसभामा प्रवेश गरेका शेर्पा कोशी प्रदेश सभामा शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने एक्ला सांसद हुन् । मन्त्री […]
किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म त्यहाँ इबोलाका कारण २ हजार ३२५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९४५ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ। डीआर कंगोको सार्वजनिक स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै १०१ […]