विराटनगर । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई रुपैयाँले घटेर ३ लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ३ लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ […]
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी आयोजना गरेको छ। काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीबाट सुरु भएको प्रभातफेरी न्युरोड गेट, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर औपचारिक सभामा परिणत भएको थियो। प्रभातफेरीमा गुरुङ, मगर, तामाङ, थारू, राई, शेर्पा, लिम्बू तथा नेवा पत्रकार सङ्घ लगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो। […]
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । केन्द्र निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा गाउँपालिका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाशकुमार सिंहले हस्ताक्षर गरेका हुन् । केन्द्र निर्माणको कुल लागत रु नौ करोड […]
काठमाडौं । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ। आज लाग्ने खण्डग्रास सूर्य ग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ। विश्वका केही भागमा भने सूर्य ग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्। आजको सूर्य ग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रूपमा मात्रै देखिने नासाले जनाएको छ। खगोलीय नियमअनुसार […]
ओखलढुंगा । रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्ने गरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्ने […]
विराटनगर । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्त्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र संघको आह्वानमा १२ अगस्तमा दिन यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम […]
झापा । झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनी पुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ । नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उनका अनुसार, भूमि […]
इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ […]
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ । सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ भने राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल […]