दुहवीका वेपत्ता बालक मृत भेटिए, हत्यामा संलग्न पक्राउ

विराटनगर । सुनसरीको दुहवी नगरपालिका २ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा सोमबार बिहान ५ बजे दुहवी नगरपालिका २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय […]

अपांगमैत्री प्रदेश निर्माणमा प्रदेश सरकार सचेत छ : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले अपांगमैत्री प्रदेश निर्माणमा आफू सचेत रहेको बताएका छन् । आइतबार स्पाइनल इन्जुरी भएका झापा, मोरङ र सुनसरीका १५ जनालाई ह्वीलचियर प्रदान गर्दै मुख्यमन्त्री राईले कानून, नीतिनियम निर्माण र बजेट तर्जुमा गर्दा अपांगमैत्री बनाउनु पर्नेमा प्रदेश सरकार सचेत रहेको बताए । ‘यस आर्थिक वर्षमा अपांगताको क्षेत्रमा जति कार्यक्रम तय भएका छन्, […]

विराटनगरमा एम्बुलेन्स भारतीय लहरीमा ठोकियो, बिरामीको मृत्यु

मोरङ । मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो । दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दमका बिरामी ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा उपचारका क्रममा […]

गुरु नानकको योगदान मननयोग्य छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गुरु नानकको मार्गदर्शन पालना गर्नसके राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने बताएका छन् । शिख धर्मका संस्थापक गुरु नानकको ५५१ औं जन्मत्सव तथा शिख धर्मावलम्बीहरुको प्रकास पर्वका रुपमा मनाईने गुरु नानक जयन्तीका अवसरमा सोमबार शुभकामना दिदै मन्त्री भट्टराईले उनका महानवाणीहरु युगान्तकारी भएको बताए । […]

प्रदेश १ मा कोरोना : एकैदिन ४ सय २१ जना संक्रमणमुक्त, १७७ संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ प्रदेश १ मा आज १७७ जना कोरोना संक्रमित थपिएका छन् । […]

चिनियाँ रक्षामन्त्री फेङहे आज आउँदै

काठमाडौं । भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक […]

भारतमा ९३ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४२ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ८ हजार ७५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख १६ हजार ५६६ […]

प्रदेश १ मा २४ घण्टामा २०७ संक्रमित थपिदा २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहीबार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, […]

पूर्ननिर्माणको काम दुई बर्ष भित्र सकिन्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भुकम्पबाट क्षति पुगेको सांस्कृतिक तथा धार्मिक सम्पदाहरु दुई बर्ष भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने बताएका छन् । विहीबार नारायण चतुव्यूहं नारायण मन्दिर प्रवेशद्धार उद्घाटन गदै मन्त्री भट्टराईले भुकम्पबाट क्षतिभएको एक हजार सम्पदा मध्ये ५ सय भन्दा बढी निर्माण सम्पन्न भएको बताए । उनले आउदो २ बर्ष […]

आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न पर्यटन ब्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कोभिडको कारण अझै केही समय बाहय पर्यटन आवागमन कम हुने बताउदै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा