काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६:२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ […]
सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु. १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा घाइते भएका १० […]
काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज […]
काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले […]
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्। ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस […]
विराटनगर । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ। ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो। बिहीबार बिहानदेखि निरन्तर भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढेका बेला पार गर्न खोज्दा बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले […]
काठमाडाैं । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन […]
विराटनगर । विराटनगरको मुख्य राजमार्गमा जथाभावी सडक पार गर्ने प्रवृत्ति रोक्न ट्राफिक प्रहरीले फलामका ट्राइपोड प्रयोग गरेर अनधिकृत सडक क्रसिङ बन्द गर्न थालेको छ। प्लास्टिकका घेरा (कोन) तोडेर सवारी चालक तथा पैदलयात्रीले जथाभावी बाटो काट्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलेले फलामका ट्राइपोड राखेर डोरी तानी क्रसिङ बन्द गर्ने उपाय अपनाएको हो। यसअघि सडक क्रसिङ […]