काठमाडौं । नेपालले एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् […]
काठमाडौं । भारतको दिल्लीमा रहेका एक रेष्टुरेन्टमा भीषण आगलागी हुँदा हालसम्म २१ जनाको मृत्यु भएको छ । दिल्लीको मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिकहरू पनि रहेका छन् । सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ। अहिलेसम्म ३७ जनालाई […]
काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । रवि र मोदीबीच एक्लाएक्लै साथै प्रतिनिधिमण्डसहितको भेटवार्ता भएको हो । भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उल्लेख गरेका छन् । छिमेकी पहिलो नीति अन्तरगत […]
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक प्रारम्भ हुनासाथ सांसदहरू उभिएर असहमति प्रकट गरेपछि कार्यवाही प्रभावित भएको हो। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै लगातार विरोध जारी राख्दै आएका छन्। सोही कारण अघिल्ला दुई बैठकहरूमा पनि कार्यसूची अघि बढ्न नसकेको संसदीय गतिविधिले देखाएको छ। […]
काठमाडौं । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । उनले सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेको भन्दै गुनासोसहितको उजुरी कार्यालय आएको थियो […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकालाई लिएर गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले राष्ट्रपति संस्थालाई राजनीतिक प्रक्रियामा अपेक्षित निष्पक्षताभन्दा बाहिर लैजाने प्रयास भइरहेको आरोप लगाए। सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले राष्ट्रपतिले संवैधानिक सीमाभन्दा बाहिर गएर केही निर्णय र गतिविधि अघि बढाएको दाबी […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् । असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर […]
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् । बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई लिएर प्रश्न उठाउँदै त्यसलाई पूर्वनिर्धारित योजना अनुसार आएको नतिजाका रूपमा व्याख्या गरेका छन्। सदस्यता नवीकरणसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेको निर्वाचनलाई सामान्य प्रतिस्पर्धाभन्दा भिन्न रूपमा प्रस्तुत गर्दै त्यसलाई “नाटक” र “तमासा” जस्तो अवस्था भएको टिप्पणी गरे। उनका अनुसार निर्वाचनको परिणाम […]
काठमाडौं । पार्टी भित्र शिर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन् । उनले अहिलेको परिस्थितीमा पार्टी भित्र मजबुद एकता आवश्यक रहेको बताएका छन् । पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ […]