१५औं वर्ष मनाउँदै प्याब्सन मिस लिटिल आइडल

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्दै आएको ‘प्याब्सन मिस लिटिल आइडल’को १५औं संस्करण सुरु भएको छ । बागबजारस्थित होटेल हार्दिकमा आइतबार पत्रकार सम्मेलन गर्दै यससम्बन्धी जानकारी दिइएको हो । शैक्षिक कोर्समा नसमेटिएका तर, समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन, छात्राहरूमा निहित क्षमता उजागर गर्न र व्यक्तित्व विकासका साथै नेतृत्वदायी […]

मुन्दडा निवास र कार्यालयमा कुनै गैरकानुनी वस्तु भेटिएन, अनुसन्धान जारी : प्रहरी

विराटनगर । मोरङ प्रहरीले प्रकाश मुन्दडाको घरमा खानतलासी गर्दा अवैध सामान केही फेला नपरेको जनाएको छ । तर, आवश्यक अनुसन्धान भने नरोकिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । मुन्दडाको निवास र कार्यालयमा सोमबार विहान प्रहरीले करिब ५ घण्टा छापा मारेको थियो । घरमा गैरकानुनी चिजवस्तुहरु लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको प्रहरी […]

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

विराटनगर । मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले छापा मारेको छ । अवैध नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा सोमबार विहान प्रहरीले मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी गरेको हो । उनको घर र कार्यालय विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालय अगाडि सँगै रहेको छ । […]

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

रोल्पा । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

कस्तो रहला आजको मौसम ?

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक सरिसकेको छ। यसकै कारण अहिले देशभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पनि एक-दुई स्थानमा हल्का वर्षा जारी छ। सोमबार दिनभर देशभर […]

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

विराटनगर । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

विराटनगर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, एलपी ग्यास यथावत्

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य […]

कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । झापाका विभिन्न स्थानमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बिल बुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटोहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । ‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा […]

५७००० मिटर उचाइमा भेटियो पर्वतारोही निर्मल पुर्जाको शव

विराटनगर । पाकिस्तानको ब्रोड पिक हिमालमा बेपत्ता भएका पर्वतारोही निर्मल पुर्जाको शव उद्धार टोलीले फेला पारेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उनको शव समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा भेटिएको हो। अल्पाइन क्लबले आइतबार सार्वजनिक गरेको जानकारीअनुसार सोही क्षेत्रमा थप तीनवटा शव पनि देखिएका छन्। ती शवको पहिचान भने अझै हुन सकेको छैन। ४३ वर्षीय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं