विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । आइतबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष विराटनगर महानगरपालिका– ९ का बासिन्दा हुन । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत उनको अवस्था गम्भिर भएपछि थप उपचारका लागि शनिबार कोशी अस्पताल […]
काठमाडौँ । नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठकको मिति तय भएको छैन । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न आज बैठक बोलाइएको थियो । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका […]
काठमाडौँ । मोरङको दुई फरक स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ५ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका १ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको […]
कञ्चनपुर । जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो । गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन । पछि उनको सामान्य डेलिभरी भएकोमा रक्तश्राव नरोकिएपछि बुधबार सेती अस्पतालको […]
विराटनगर । प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । शनिबार सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]
काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न धनगढी विमानस्थलनलाई बेस बनाएर शनिबार परीक्षण उडान भएको छ । बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी स्वरुप शनिबार परीक्षण उडान भएको हो । विमानस्थलको अनुगमनसहित परीक्षण उडानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । धनगढी […]
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा नगरपालिका १ की २८ वर्षीया महिलाको शनिबार विहान साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो । दीर्घ रोग नभएकी महिलाको असोज ८ गते प्रतिष्ठानमा गरिएको पिसिआर स्वाब […]
काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती […]
विराटनगर । विगत २४ घण्टामा प्रदेश १ मा १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । शुक्रबार थपिएका संक्रमित मध्ये मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले […]