वडासम्म एमाले नेताहरू परिचालित (अपानिसहित)

काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्य विभाजन सँगै प्रदेश र स्थानीय चुनावको तयारी पनि थालेको छ । शुक्रबार जारी अपानि–२ मार्फत एमालेले नयाँ अभियान पनि थालेको हो । गत १० जेठमा सम्पन्न सचिवालय बैठकले केन्द्रीय नेताहरुको कार्य विभाजन गरेको थियो । अपानिमा उक्त कार्य विभाजन, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश र स्थानीय तहसम्म नेताहरु […]

भारतमा बन्धक बनाइएका ५०० नेपालीको उद्धार, सुनौली नाकामार्फत नेपाल ल्याइँदै

काठमाडौं । भारतमा बन्धक बनाइएका पाँचसय नेपालीको उद्वार गरिएको छ । विभिन्न प्रलोभनमा उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएका उनीहरूको उद्वार गरिएको हो । गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो । उनीहरूलाई सुनौली नाकामार्फत अहिले नेपाल ल्याइँदै छ ।

माङसेबुङमा च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (के:लाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (के:लाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ-१ स्थित गजुरमुखी धाममा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य […]

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो । वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताए । प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई […]

‘मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता हो’ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन् । ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर […]

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना: यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका […]

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा आंशिक बादल […]

ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर समावेश गर्ने प्रस्ताव सार्वजनिक भएको छ । अमेरिकी कोष विभागका अधिकारी स्कट बेसेन्टका अनुसार उक्त विशेष नोटको प्रारम्भिक डिजाइन तयार पारिएको छ । यद्यपि नोट […]

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री वाग्लेले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्यय विवरण (बजेट) प्रस्तुत गरेका हुन्। पूर्णपाठ :

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं