मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई सरकारले शीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिवेदनमा उल्लेख विषयहरू गम्भीर प्रकृतिका भएकाले त्यसलाई कार्यान्वयन गर्ने दिशामा राज्य संयन्त्र सक्रिय हुनुपर्ने धारणा राखे । अध्यक्ष लिङ्देनले आयोगबाट दोषी ठहर गरिएका व्यक्तिहरूले समेत […]

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री बालेन शाहले दिउँसो २:३० बजे सिंहदरबारस्थित कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकले आगामी आर्थिक वर्षको बजेट तथा त्यससँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ। मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो […]

‘सगरमाथा नेपाल र नेपालीको पहिचान’ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुख्य मन्त्री कार्कीले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण […]

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो । मन्त्रालयले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले ‘विशेष कारणवश’ दरखास्त आह्वानको […]

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । ९ स्थानीय तह रहेका जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भएसँगै ताप्लेजुङलाई […]

नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

काठमाडौं । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो । विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक […]

इरानमा युद्धका लागि ‘बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

काठमाडाैँ । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन्। सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह […]

माङ्सेबुङमा अब ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

इलाम । माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उक्त दिन एक […]

नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्रीमाथि

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत भएको छ । तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ । आज साँझ अबेर प्राप्त वर्षा […]

अब प्रतिनिधिसभा बैठक जेठ १२ गते

काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधका बिच सदनको कारबाही अघि बढाएकामा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् । बैठक १२ गते बिहान ११ बजे बस्नेछ ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं