अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् । केसीका अनुसार […]

पोखरा भ्रमण वर्ष उद्घाटन गर्दा फुट्यो बेलुन, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला […]

झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

झापा । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक […]

प्रदर्शनकारीको आक्रमणमा परी लेबनानमा नेपाली सैनिक घाइते

काठमाडौं । लेबनानको बेरुतमा प्रदर्शनकारीको आक्रमणबाट नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते हुनुभएको छ । गए राति करिब १२ बजे बेरुत नजिक यूएनआईएफआईएल मिसनका डेप्युटी फोर्स कमान्डर (शान्ति सैनिक) उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीहरूले रोकी तोडफोड गर्दा उहाँ घाइते हुनुभएको हो । घटनालगत्तै उहाँलाई उद्धार गरी यूएन लेभल थ्री अस्पताल पुर्‍याइएको थियो । अस्पताललाई उद्धृत […]

कोशी प्रदेश स्थापनाको ७ वर्षमा के के भए ? (पुस्तकसहित)

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो । कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट […]

नाबालिका छोरीसहित पोखरीमा हामफालिन प्रीति, शिशुको मृत्यु

विराटनगर । मोरङमा १ जना महिलाले नाबालिका छोरीसहित पोखरीमा हामफालेकी छन् । उद्धार गरेर उपचारका लागि पठाइए पनि शिशुको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७ः३० बजेतिर माछा पोखरीमा हामफालेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं […]

यी ५ प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ […]

सुकेटार–काफ्लेपाटी सडक कालोपत्रेको काम धमाधम, यस वर्ष भित्रै सक्ने तयारी

काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए । ‘यो बाटोको विषयमा […]

प्राध्यापक महेन्द्र लावतीको नियतमा प्रश्नै प्रश्न, यसरी छरिरहेका छन् भ्रम

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको क्रममा छ । सबै प्रक्रिया पुरा गरेर सुरु गरिएको केबलकार निर्माणको विभिन्न अड्कलका साथ विरोध र भ्रम छर्दै ‘नो केबलकार समूह’ले आन्दोलन पनि गरिरहेको छ । यस्तै आन्दोलन र भ्रम फैलाउनमा सक्रिय छन् – अमेरिकाको विश्वविद्यालयमा प्राध्यापकको भूमिकामा रहेका महेन्द्र लावती । उनी अहिले नेपालमा छन् […]

नेपालमा केबलकार लहर : ७ वटा सञ्चालनमा, पाथीभरामा काम तीव्र

काठमाडौं । वातावरण जोगाउने र यात्रालाई सहजका साथै सुरक्षित बनाउने भएकाले पछिल्लो समय नेपालमा केबलकार निर्माणको लहर बढेको छ । अहिले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थलमा केबलकार निर्माण भइरहेको छ । कामले गति लिएको छ । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ७ वटा केबलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माण सम्पन्न भई परीक्षणकालमा छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा