काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, आज (बिहीबार)देखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को पनि प्रभाव रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी […]
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितको खाता खोलेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । योसँगै टोलीले तालिकामा दुई अंक जोड्यो । दुवै संस्करणको उपविजेता रहेको यो टोलीले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग […]
विराटनगर । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतले उनीहरूलाई जनही पाँच लाख धरौटीमा रिहा गरेको हो । आज अदालतमा उपस्थित भएका उनीहरूको मुद्दाको सुनुवाई न्यायाधीश हरिसिंह धामीको इजलासमा भएको थियो । खेलमा मिलेमतो र ठगी आरोपमा सीआईबीले मुद्दा दायर गरेपछि उनीहरू […]
सुनसरी । मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको […]
विराटनगर । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । “मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दशजना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ,” […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो । गत सिजन […]
काठमाडौं । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरवलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार, बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित)को परिच्छेद […]
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २,६६४ को विन्दुमा कायम भएको छ । आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच […]
मोरङ । मृत्यु भएको ठानेर काजकिरिया गरिसकेका मोरङको लेटाङका एक व्यक्ति करिब ६ महिनापछि जिउँदै घर फर्किएका छन्। मृतक ठानेर अन्त्येष्टिसमेत गरिसकिएका व्यक्ति अचानक घर आइपुगेपछि परिवार, आफन्त र छिमेकी आश्चर्यचकित भएका हुन्। प्राप्त विवरणअनुसार करिब ३७ वर्षीय ती व्यक्ति गत माघदेखि सम्पर्कविहीन थिए। सुनसरीको चकरघट्टिमा भएको सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले गत जेठमा […]