आज ३३ औं मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दै छ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, […]

पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ […]

कंगोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

एजेन्सी । लोकतान्त्रिक गणतन्त्रको कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको सङ्ख्या ८० जना पुगेको कंगो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कंगोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा […]

विभिन्न स्थानमा आगलागी, लाखौंको धनमाल नष्ट

काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो । प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गए राति करिब रु. […]

आइतबारदेखि मलमास सुरु हुँदै, के गर्ने के नगर्ने ?

काठमाडौँ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु हुँदैछ ।आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्र मास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन […]

स्वदेशी याक चिज प्रवर्द्धनमा प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स्वदेशी उत्पादन याक चिज प्रवर्द्धन गर्दै सामाजिक सञ्जालमार्फत नयाँ तस्बिर सार्वजनिक गरेका छन् । शनिबार फेसबुकमार्फत सार्वजनिक गरिएको तस्बिरमा प्रधानमन्त्री शाह डीडीसीद्वारा उत्पादन गरिएको याक चिज सेवन गरिरहेको देखिन्छ । केही दिनअघि सार्वजनिक गरिएको उनको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएपछि पुनः नयाँ तस्बिर सार्वजनिक भएको हो । दुग्ध विकास […]

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको […]

रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ । भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ । पुटिन […]

नाइजेरियामा आतंकवादीद्वारा दर्जनौं बच्चाहरूको अपहरण

अबुजा (नाइजेरिया) । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन् । नाइजेरियाली सेनाले सहर छोडेको केही समय पछि यो घटना भएको […]

जेन जी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : असिम शाह

काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। तर, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं