
विराटनगर । प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, […]
वासिंगटन । चीन प्रशासित हंगकंगबाट भागेर अमेरिका पुगेका हंगकंग स्कुल अफ पब्लिक हेल्थका वरिष्ठ वायरोलोजिस्ट डाक्टर ली मेंग यानले कोरोना भाइरस चीनको सैन्य प्रयोगशालामा बनाइएको दावी गरेकी छन् । उनले यस खतरनाक भाइरस चीनको वेट मार्केटबाट उत्पत्ती सम्बन्धी धारणालाई पनि खारिज गरेकी छन् । उनको दावीलाई चीनले ठाडै अस्विकार गरेको छ । एक लाइभ स्ट्रिम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर […]
काठमाडौं । साउन १३ गते कार्टुनमा राखिएको बच्चाको एउटा तस्वीर भाइरल भयो । कारण थियो, कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा भेटिनु । केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो । तर घटनामा नयाँ […]
विराटनगर । विराटनगर महानगरपालिकामा कोरोनाभाइरस कोभिड १९ का ८ जना संक्रमित थप भएका छन्। महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार मंगलबार महानगरपालिकामा ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसैगरि, मंगलबार नै इटहरी उपमहानगरपालिका ६ र ९ का ५३ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। इटहरीकै ६ नम्बरकी २३ वर्षीया […]
विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा सोमबार राती एक पुरुषको उपचारका क्रममा मृत्यू भएको छ । श्वास फेर्न गाह्रो भएर उपचारका लागि अस्पताल ल्याइएका उदयपुरका ५५ वर्षिय पुरुषको मृत्यू भएको हो । उनको स्वाव संकलनगरी पीसीआर परीक्षणका लागि लगिएको छ । कोरोना संक्रमण आशंका गरिएका उनको रिपोर्ट आउन भने बाँकी नै छ । हिजो मात्रै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे सल्लाह सुझाव लिन जनस्वास्थ्यविद्लाई बालुवाटार बोलाएका छन्। मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई बोलाएर सुझाव लिन लागेका हुन्। ‘अहिले फेरि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको […]
सप्तरी। सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेका छन्। जिल्ला सुरक्षा समितिको बैठकअनुसार २६ साउनसम्म निषेधाज्ञा जारी गरिएको हो। सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित जिल्लाभरि आज बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको बताए। जिल्ला सुरक्षा समितिको निर्णय […]
पाँचथर। भारी वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले क्षति पुर्याएको छ। आइतबार रातिदेखि हिजो दिउँसोसम्मको निरन्तर बाढीले फिदिम-फालोट सडकको फिदिम-नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ। बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिन धस्सिएको छ। पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका-१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम-फालोट सडक […]
काठमाडौं। राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ। राष्ट्रिय सभाले सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ। सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ। राष्ट्रिय […]