
विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ । खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिएजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?’ […]
काठमाडौं । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा भएको आतंकवादी आक्रमणमा मृत्यु हुनेको संख्या २्९ पुगेको छ । मारिेनेमा कारागारका कैदीबन्दी, सुरक्षाकर्मी छन् । आक्रमणपछि भएको दोहोरो भिडन्तमा ८ जना हमलाकार पनि मारिएका छन् । ३ सय कैदी फरार छन् । इस्लामिक अतिवादी समुह आर्ईएसले आक्रमणको जिम्मेवारी लिएको छ । गत शुक्रबारदेखि ईद पर्वका अवसरमा सरकार […]
धनुषा । प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा […]
काठमाडाैं । गाइजात्रा पर्व आज काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म यो पर्व मनाइन्छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान […]
विराटनगर । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् । गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै […]
ताप्लेजुङ । कोरोना संक्रमण समाजमानै फैलन थालेपछि प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ प्रवेशमा कडाई गरिने भएको छ । केही संक्रमित देखिए पनि थप बढ्न नदिन ताप्लेजुङमा अन्य जिल्लाबाट प्रवेशमा कडाई गर्ने निर्णय भएको हो । अब ताप्लेजुङ प्रवेश अघि स्थानीय प्रशासनको सहमति भएमा मात्र प्रवेश अनुमति दिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निर्णय गरेको […]
काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । सरकारले कोरोनाभाइरसको रोकथामको लागि गरेको लकडाउन अन्त्य गरेपछि कोरोना संक्रमितको संख्या झन बढिरहेको छ । यस्तै यसै बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग छलफल गर्न लागेका छन्। उनले अब लकडाउन गर्नेकी नगर्ने भन्ने बिषयमा विज्ञहरूसँग छलफल गर्न लागेको बताइएको छ । उक्त बिषयमा […]
विराटनगर । प्रदेश १ मा एक कोरोना संक्रमितको मृत्यू भएको छ । विराटनगर स्थित कोशी अस्पतालको आईसोलेसनमा सोमबार एक संक्रमितको मृत्यू भएको हो । मृत्यू हुनेमा विराटनगर ५ का ७७ वर्षीय पुरुष छन् । कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब […]
झापा । प्रदेश १ को झापाबाटनै कोरोनाको पीसीआर परीक्षण हुने भएको छ । भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु भएको हो । बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । ‘झापामा परीक्षण गरिएको स्वावलाई पुन ः परीक्षणका लागि विराटनगर पठाउने […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा उपत्यकामा ५१ सहित देशभर थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा […]