नाइजेरियामा आतंकवादीद्वारा दर्जनौं बच्चाहरूको अपहरण

अबुजा (नाइजेरिया) । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन् । नाइजेरियाली सेनाले सहर छोडेको केही समय पछि यो घटना भएको […]

जेन जी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : असिम शाह

काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। तर, […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने भएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएको छ । साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने जनाइएको छ ।

भाेजपुरमा अनलाइनमार्फत घरमै नक्सा

भोजपुर । प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ । नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् । यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै […]

कस्तो रहला आजकाे माैसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, बजेट लगायत विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् ।

मकैबारीमा मृत गैँडा भेटियो, खाग र खुर सुरक्षित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ । स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ । शरीरमा चोटपटक नदेखिएकाले गैँडाको […]

जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडाैं । आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्रले निर्माण गर्ने आयोजनाहरू निर्धारित समय, लागत […]

आगामी बजेटको प्राथमिकता के के परे ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार संघीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गरे । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग गर्ने बजेटको प्राथमिकता […]

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि थप स्पष्टीकरण माग गर्न सभामुख […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं