
काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘नो केबलकार समूह’लाई वार्ता र संवादबाटै समस्याको समाधान खोज्न पुनः आग्रह गरेका छन् । आइतबार पुनः सरकारसँग भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आफूसँग उक्त समुहको संवाद भएको र संवादमा गृहमन्त्रीसँग आफ्ना कुरा राख्न चाहेकोले भेटघाटको व्यवस्था मिलाउन आग्रह भएको उल्लेख गर्दै भट्टराईले भेटको समय […]
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो । सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो । सरकार र आन्दोलनरतपक्षबीच […]
विराटनगर । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारका विषयमा विकसित घटना क्रम तथा माघ १२ गते गोली प्रहारलगायतका विषयमा स्थलगत अनुगमन र अध्ययन गरी सार्थक वार्ताबाट समस्या […]
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ । पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित […]
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले ताप्लेजुङका नागरिकको जीवनस्तरमा सुधार आउने बताएका छन् । उनले केबलकारले पहिचान नमास्ने बताउँदै यसले पहिचानको विश्वभर प्रवद्र्धन गर्ने बताए । पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान […]
काठमाडौं । काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी नियन्त्रणमा आएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी के कारण […]
काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
काठमाडौं । नेपाल आएर भिसा विपरीत काम गरेको आरोपमा १७ जना अमेरिकी नागरिक पक्राउ परेका छन् । १५ दिनको पर्यटन भिसामा आएर सुनसरीस्थित धरान उपमहानगरपालिकाको ५ नम्बर वडामा श्रमदान भन्दै भिसा विपरीतको काम गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । गत मंगलबार बिहान देउराली सौगात चोकमा बनिरहेको प्रेरणा समाज कल्याणकारी समाजको भवनमा काम गरिरहेको सूचनाका […]
खोटाङ । बाल यौन दुरुपयोग मुद्दामा मदन राईलाई २ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । शुक्रबार जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले कृषि विज्ञ राईलाई उक्त सजाय तोकेको हो । राईलाई गत माघ १० गते जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको थियो । राईलाई आफैंले सञ्चालन गरेको दिक्तेल–२ सोल्मास्थित ‘सुभद्रा मदन फाउन्डेशन’ […]
काठमाडौं । ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् । हेराैं विवरण ।