संक्रमित बढेपछि विराटनगरमा एक साता थपियो ‘लकडाउन’

विराटनगर । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै विराटनगर महानगरपालिकाले ‘लकडाउन’को अवधि एक सातालाई थप गरेको छ। महानगरले यसअघि साउन १६ गतेबाट दुई सातालाई ‘लकडाउन’ गरेको थियो। शुक्रबार अघिल्लो ‘लकडाउन’ को समयअवधि सकिँदै गर्दा महानगरको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बिहीबार बसेको बैठकले पुनः एक साता ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। पहिलो पटक ‘लकडाउन’ गर्दा […]

इञ्जाले पत्रकार वानिंयाको परिवारलाई १ लाख सहयोग दिने

न्युर्योक । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जां) ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार वलराम वानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । वरिष्ठ पत्रकार वानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको […]

इटहरीमा एकै दिन थपिए १३ कोरोना संक्रमित

इटहरी । इटहरी उपमहानगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन्। नगरपालिकाले विभिन्न मितिमा शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १३ जनाको रिपाेर्ट पोजेटिभ आएको नगरपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। नगरले भीडभाड हुने स्थान र त्यहाँ जाने शंकास्पद व्यक्तिको काेराेना परीक्षण गरेको थियो। इटहरीमा संक्रमितको संख्या ४६ पुगेको छ। बिहीबार इटहरीको बडा […]

प्रदेश १ मा हाल सम्मकै बढी संक्रमित थपिए, एकै दिन ११५ मा संक्रमण

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा एकै दिन ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा २२ महिला र ३८ पुरुष छन् । संक्रमितको यो संख्या विराटनगर महानगरपालिकामा हालसम्म देखिएको सबैभन्दा धेरै हो । विराटनगरमा नयाँ थपिएकासहित प्रदेश १ मा बिहीबार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । मोरङमा ८८, सुनसरीमा […]

प्रदेश १ : कोरोना नियन्त्रण गर्न तह र अस्पताललाई १ करोड ६० लाख

विराटनगर । स्थानीय तह र अस्पतालहरुलाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यो स्थानीय तह र अस्पतालहरुलाई दिएको थप रकम हो । यस […]

फिलिपिन्स र भेनेजुयलाले रुसी भ्याक्सिन प्रयोग गर्ने

एजेन्सी । फिलिपिन्स र भेनेजुयलाले आफ्नो देशमा रुसी भ्याक्सिन प्रयोग गर्ने भएका छन् । गत मंगलबार रुसमा दर्ता भएको ‘स्पुटनिक पाँचौ’ कोभिड–१९ भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल आफ्नो देशमा गर्न उनीहरु तयार भएका हुन् । भेनेजुयलाले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन दर्ता गर्ने रुसी प्रस्तावको स्वागत पनि गरेको छ । परीक्षण सफल भएमा स्थानीय बजारमा यसको […]

उद्योगीले माग पूरा नगरे चिया श्रमिकले आन्दोलन गर्ने

विराटनगर । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका […]

६८१ नेपाल प्रहरी र सशस्त्रलाई कोरोना संक्रमण

काठमाडौं । प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ४ सय ८९ र सशस्त्र प्रहरीका १ सय ९२ जना गरी ६ सय ८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १ सय ८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय २२ […]

विराटनगरमा कोरोना : २७ संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा बिहीबार बिहानसम्ममा २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणपछि १५ देखि ७४ वर्षसम्मका १९ पुरुष र आठ जना महिला थपिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। उनकाअनुसार विराटनगर–२ मा दुई जना, ३ मा एक, ५ मा तीन, ६ मा दुई, ८ मा […]

बलराम बानियाँको अवसान र कैलाशको कर्तव्य !

काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा काम गर्ने पत्रकारहरूमध्ये निरन्तरता र सेवा अवधिका हिसाबले सम्भवत: वरिष्ठतम् बलराम बानियाँको हिजो मंगलबार सन्देहास्पद स्थितिमा निधन भएको छ । आफ्नो काममा निपुण, इमान्दार, परिश्रमी र लोकतन्त्रका मूल्य र मान्यताप्रति शतत: जागरुक ती श्रमजीवी पत्रकारको अवसान उनले काम गर्ने संस्थाको मात्र होइन, राष्ट्रकै लागि समेत् अपूरणीय क्षतिको विषय हो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा