काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र संम्द्धन गरिने बताएका हुन्। कोषका अध्यक्षसमेत […]
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ। भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ […]
विराटनगर । कोरोना सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय […]
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ९चिफ वार्डेन० नारायणप्रसाद रुपाखेतीलाई काठमाडौं फिर्ता गरेको छ । माडीको कुसुमखोलाको चेपाङ बस्तीमा आगजनी घटना र सैनिकको कुटपिटबाट राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार चेपाङको ज्यान गएपछि निकुञ्ज विवादमा परेको थियो । रुपाखेतीलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै निकुञ्ज प्रमुख बनाएर पठाएका थिए । […]
दार्चुला । दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको छ । गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला […]
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन् । आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक कदम चाल्ने संकेत […]
बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]
काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था ‘प्याब्सन’ […]