कालोमोसो दल्ने को को विरुद्ध भयो पक्राउ पुर्जी जारी ?

काठमाडाैं । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विवादलाई लिएर सुनसरीको धरानमा कालोमोसो दल्ने ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई आइतबार मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान उपमहानगरपालिका–९ पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए । उनलाई मोसो दल्नेविरुद्ध अदालतबाट सोमबार पक्राउ पुर्जी जारी भएको […]

भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा केआईआईटी विश्वविद्यालयले के भन्यो ?

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ । विश्वविद्यालय विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको छ । केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा […]

१ महिनामा साढे ४ हजार गाडी दुर्घटना, मोटरसाइकल बढी जोखिममा

काठमाडौँ । गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी […]

कुम्भ मेलाबाट फर्कँदै गरेको गाडी दुर्घटना, ३ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भ मेला भरेर फर्किने क्रममा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट कुम्भ मेला भर्न गएको तीर्थालुको सवार गाडी उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा दुर्घटना हुँदा मृत्यु भएको हो । दुर्घटनामा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश […]

केआईआईटीमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युका विषयमा निष्पक्ष अनुसन्धान होस् : योगेश भट्टराई

काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युको घटनामा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भारत ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । ‘प्रकृतिको […]

कोशी प्रदेशमा करिब ३ लाख परिवार भूमिहीन, के भने मुख्यमन्त्रीले ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकको विकराल समस्या आइपर्ने बताएका छन् । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तीन वर्षभित्र भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरी बनाएको भूमि समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पुरा गर्नुपर्ने बताए । उनले भूमि […]

कालोमोसो प्रकरण : सुनसरी प्रहरीमा जाहेरी दर्ता, कालोमोसो दल्नेहरू फरार

सुनसरी । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङमा रहेको पाथीभरा जाने केबलकार निर्माणको पक्षमा बोलेको आरोपमा पदम चेन्जी माबोलाई कालोमोसो दल्ने विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । आइतबार धरानमा आयोजित एक कार्यक्रममा माबोलाई घेरेर कुटपिट गर्दै ‘नो केबलकार सूमह’का केही व्यक्तिले कालोमोसो दलेका थिए । मोसो दल्ने विरुद्ध माबोले आइतबार साँझ इलाका प्रहरी कार्यालय धरानमा जाहेरी […]

हलेसी बजारमा आगोबाट झण्डै साढे ७ करोडको क्षति

काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर […]

कञ्चनजंघा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव-२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्नेछन् । प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं